आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आर्थिक वर्षको पहिलो महिनामै ऋणात्मक भयो राजस्व, खर्च ५८ प्रतिशतले बढ्यो 

शुक्रबार, भदौ १ २०८०
आर्थिक वर्षको पहिलो महिनामै ऋणात्मक भयो राजस्व, खर्च ५८ प्रतिशतले बढ्यो 

गएको आर्थिक वर्ष पछिल्लो ५५ वर्षपछि राजस्व ऋणात्मक भएको थियो। गत वर्षको ऋणात्मकताले यो वर्षको पहिलो महिनामा निरन्तरता पाएको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व ऋणात्मक भएको छ। 

साउनमा सरकारले कुल ८८ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ। यसमा ७८ अर्ब ८७ करोड राजस्व संकलन गरेको छ भने बाँकी  ९ अर्ब विविध शीर्षकबाट आम्दानी गरेको छ। 

सरकारको कुल आम्दानी गत वर्षको तुलनामा ३ प्रतिशतले घटेको छ भने राजस्व २ प्रतिशतले ऋणात्मक भएको छ। 

गएको आर्थिक वर्ष पछिल्लो ५५ वर्षपछि राजस्व ऋणात्मक भएको थियो। गत वर्षको ऋणात्मकताले यो वर्षको पहिलो महिनामा निरन्तरता पाएको छ। 

नयाँ आर्थिक वर्ष सुरु भएपनि आर्थिक गतिविधिमा सुधार नभएकाले राजस्वमा उल्लेख्य प्रभाव देखिएको छैन। आन्तरिक राजस्वमा सुधार देखिएपनि भन्सारको राजस्वमा खासै सुधार देखिएको छैन। 

Screenshot 2023-08-18 at 13.48.57.png
चालु आर्थिक वर्ष २०८०/८१ को साउनमा सरकारको आम्दानी तथा खर्चको विवरण 

 

आयातको गतिमा खासै वृद्धि नभएकाले राजस्वमा त्यसको प्रभाव नदेखिएको अधिकारीहरूले बताएका छन्। आन्तरिक बजार चलायमान नभइ राजस्वमा सुधार हुने सम्भावना न्यून रहेको अधिकारीहरूको भनाइ छ। 

यो वर्ष सरकारले राजस्व, अनुदान र अन्य शीर्षकबाट १४ खर्ब ७२ अर्ब  आम्दानी गर्ने लक्ष्य लिएको छ। साउनमा लक्ष्यको ५.६६ प्रतिशत संकलन भएको छ। गत वर्षको साउनमा कुल लक्ष्यको ६ प्रतिशत प्राप्त भएको थियो। 

आम्दानी संकुचनले निरन्तरता पाएपनि सरकारी खर्चमा भने साउनमा ५८ प्रतिशतको वृद्धि भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अुनसार सरकारले यो वर्षको साउनमा ३५ अर्ब १७ करोड खर्च गरेको छ। 

यो गत वर्षको साउनको तुलनामा ५८ प्रतिशतले धेरै हो। गत वर्षको यही अवधिमा सरकारले २२ अर्ब २५ करोड खर्च गरेको थियो। 

ऋणको सावाँ ब्याज भुक्तानीमा हुने खर्चमा वृद्धि हुँदा साउनमा सरकारी खर्च बढेको छ। ऋणको ब्याज भुक्तानी बढेकाले चालु खर्च दोबरले बढेको छ भने सावाँ भुक्तानी पनि गत वर्षको तुलनामा ६ अर्बले बढेको छ। 

Screenshot 2023-08-18 at 13.48.40.png

आर्थिक वर्ष २०७९/८० को साउनमा सरकारको खर्च तथा आम्दानीको विवरण


प्रकाशित : शुक्रबार, भदौ १ २०८००७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend