आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

जहाज चार्टर्ड गरेर ७ सय बंगलादेशी पर्यटक नेपाल आउँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १ २०८०
images
जहाज चार्टर्ड गरेर ७ सय बंगलादेशी पर्यटक नेपाल आउँदै

एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो। नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो।

images
images

काठमाडौं- बंगलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन्। उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्।

images
images
images

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज शुक्रबार र भोलि शनिबार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बंगलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए। 

images
images

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो।

images
images

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे। एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो। नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो। ठूलो सङ्ख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे। 

कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य सङ्ख्यामा बंगलादेशी पर्यटक नेपाल आएका थिए। बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए। जुलाई महिनामात्रै दुई हजार छ सय ९४ बंगलादेशी पर्यटक नेपाल आएका छन्। जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार चार सय ६६, फेब्रुअरीमा एक जहार नौ सय सात र जनवरीमा दुई हजार चार ६८ बंगलादेशी पर्यटक नेपाल आएका तथ्याङ्क छ।

यसअघि सन् २०२२ मा बंगलादेशबाट २५ हजार तीन सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए। बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ १ २०८००५:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend