शुक्रबार, जेठ ४ गते २०८१    
images
images

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १ २०८०
images
images
राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

बिहीबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजमार्ग विस्तार गर्दा दुर्घटना नहुने किसिमले काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

images
images

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ। लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो। 

images
images
images

निर्माणाधीन राजमार्गअन्तर्गत गत साउन ३० गते भैँसेपाटी सडकखण्डमा धुलिखेल नगरपालिका-८ का २१ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो।

images

यस्तै गत साउन ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्यूठान घर भई बनेपामा लघुवित्तमा कार्यरत २७ वर्षीय सुरज गिरीको निधन भएको थियो  दुवै जनाले चलाएका मोटरसाइकल निर्माणाधीन क्षेत्रमा ट्रक र मिनीट्रकसित ठोक्किएका थिए। 

images
images

बिहीबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजमार्ग विस्तार गर्दा दुर्घटना नहुने किसिमले काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक चार लेन बनाउने काम भइरहेको छ। 

images
images

उक्त आयोजनाका इन्जिनियर जंगबहादुर महर्जनले सडक दुर्घटना हुन नदिन नियमित अनुगमन गर्न थालिएको बताए। 'सडकका खाल्डाखुल्डी तत्काल पुर्न, ट्राफिक चिह्नलाई सही स्थानमा राख्न तथा निर्माण सामग्रीलाई सडक अवरोध नहुने गरी राख्न व्यवसायीलाई निर्देशन दिएका छौँ', उनले भने। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो।

राजमार्गअन्तर्गत पहिलो चरणमा साँगाबाट धुलिखेलसम्म आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड सात दशमलव पाँच किमी विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भइ काम सुरु भएको हो। रासस


प्रकाशित : शुक्रबार, भदौ १ २०८००४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend