शुक्रबार, जेठ ४ गते २०८१    
images
images

होटलहरूले अबदेखि भ्याट विवरण मासिक रुपमा बुझाउनुपर्ने, १ करोडसम्मको कारोबार गर्ने सबैका लागि चौमासिक सुविधा 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १ २०८०
images
images
होटलहरूले अबदेखि भ्याट विवरण मासिक रुपमा बुझाउनुपर्ने, १ करोडसम्मको कारोबार गर्ने सबैका लागि चौमासिक सुविधा 

वर्षमा भ्याट लाग्ने १ करोड रुपैयाँसम्मको कारोबार गर्ने हरेक करदाताले अबदेखि मंसिर, चैत र साउनमा मात्र कर विवरण बुझाउनसक्ने भएका छन्। 

images
images

काठमाडौं- चौसमिक रुपमा भ्याट विवरण बुझाउनसक्ने सुविधा पाएका निश्चित उद्योगको सुविधा खारेज भएको छ।

images
images
images

मूल्य अभिवृद्धि करमा भएको संसोधनअनुसार आन्तरिक राजस्व विभागले चालु वर्षदेखि लागु हुने यस्तो व्यवस्थाका बारेमा जानकारी गराएको छ। 

images

ईटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चालु वर्षको साउनदेखि नै मासिक भ्याट विवरण बुझाउनुपर्ने भएको छ। यसअघि यस्ता उद्योगले चार महिनामा विवरण बुझाउने सुविधा पाएका थिए।

images
images

मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम २६ मा भएको संसोधनअनुसार यस्ता उद्योगले अबदेखि मासिक विवरण बुझाउनुपर्ने भएको छ। 

images
images

तर एक रुपैयाँ रुपैयाँसम्मको वार्षिक कारोबार हुने करदाताले भने चौमासिक सुविधा पाउने भएका छन्। भ्याट लाग्ने वर्षमा १ करोडसम्मको कारोबार गर्ने सबै करदाताले अबदेखि चौमासिक विवरण बुझाउनसक्ने भएका छन्। 

यसअनुसार अबदेखि मंसिर, चैत र साउनमा मात्र कर विवरण बुझाउनसक्ने भएका छन्।


प्रकाशित : शुक्रबार, भदौ १ २०८००४:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend