शुक्रबार, जेठ ४ गते २०८१    
images
images

राष्ट्रिय वनबाट निकालिने खनिजजन्य वन पैदावारबापत लाग्ने वातावरणीय शुल्क २५ बाट १० प्रतिशतमा झारियो

images
शुक्रबार, भदौ १ २०८०
images
images
राष्ट्रिय वनबाट निकालिने खनिजजन्य वन पैदावारबापत लाग्ने वातावरणीय शुल्क २५ बाट १० प्रतिशतमा झारियो

राष्ट्रिय वनबाट निकालिने खनिजजन्य वन पैदावार बापत वातावरणीय सेवा शुल्क वापत डिभिजन वन कार्यालय मार्फत कोषमा बुझाउनु पर्ने रकम १५ प्रतिशतले घटाइएको छ।

images
images

काठमाडौं- राष्ट्रिय वनबाट निकालिने खनिजजन्य वन पैदावार बापत वातावरणीय सेवा शुल्क डिभिजन वन कार्यालयमार्फत कोषमा बुझाउनु पर्ने रकम १५ प्रतिशतले घटाइएको छ।
 
वन नियमावली २०७९ को पहिलो संशोधन  गर्दै सरकारले राष्ट्रिय वनबाट निकालिने खनिजजन्य वन पैदावारको हकमा प्रचलित खानी तथा खनिज  पदार्थ सम्बन्धी ऐन तथा नियमावली तोकिए बमोजिमको मूल्य रकम खानी तथा भूगर्भ विभागमा बुझाउनु पर्ने र सो रकमको थप दश प्रतिशत रकम वातावरणीय सेवा शुल्क बापत खानी भूगर्भ विभाग मार्फत वन विकास कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ। यसअघि वातावरणीय शुल्क २५ प्रतिशत रहेको थियो। 

images
images
images

यसैगरी खानी सञ्चालन लागि वनक्षेत्र र निजी जग्गा छुट्याउँदा वन क्षेत्रको सिमानाबाट निजी जग्गा कम्तीमा ५० मिटरको मध्यवर्ती क्षेत्र (बफर  जोन) राखेर मात्र खानी सञ्चालन गर्नु पर्ने व्यवस्थामा पनि परिवर्तन गरेर १० मिटर कायम गरिएको छ।

images

त्यस्तै वन नियमावलीमा संशोधन गर्दै  वन, वन्यजन्तु, वनस्पति, जैविक विविधताको सुरक्षाको लागि वनक्षेत्रभित्र सुरक्षाकर्मी बस्ने वा वन कार्यालयको निमित्त आवश्यक पर्ने स्थायी भवन निर्माण गर्नु पर्ने भएमा मन्त्रालयको स्वीकृत लिइ निर्माण गर्न सकिने व्यवस्था गरेको छ।

images
images


प्रकाशित : शुक्रबार, भदौ १ २०८००४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend