शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

हुन्डाईले किन्यो महाराष्ट्रमा रहेको जीएमको प्लान्ट : विद्युतीय कारमा फोकस, वार्षिक १० लाख कार उत्पादन गर्ने

images
शनिबार, भदौ २ २०८०
images
images
हुन्डाईले किन्यो महाराष्ट्रमा रहेको जीएमको प्लान्ट : विद्युतीय कारमा फोकस, वार्षिक १० लाख कार उत्पादन गर्ने

गत वर्ष हुन्डाईले भारतमा ५ लाख ५२ हजार ५ सय ११ वटा कार बिक्री गरेको थियो। १४.५ प्रतिशत बजार हिस्सासहित भारतमा कार बिक्री गर्ने कम्पनीहरुको सूचीमा हुन्डाई दोस्रो स्थानमा रहेको छ।

images
images

काठमाडौं- हुन्डाई मोटर इन्डियाले बुधबार जनरल मोटर्स (जीएम)को महाराष्ट्रमा रहेको तेलगाउ प्लान्ट किन्न एसेन पर्चेज एग्रिमेन्ट (एपीए) गरेको छ। उक्त सम्झौताअनुसार जीएमको प्लान्टमा रहेको मेरिनरीसहितका सबै संरचना हुन्डाई मोटर इन्डियाले खरिद गर्ने छ। 

images
images

हरियाणाको ग्रुरुग्राम भएको सम्झौतामा हुन्डाई मोटर इन्डियाका एमडी तथा सीईओ उनसो किम र जीएम इन्डियाका उत्पादन तथा इन्टरनेसनल अप्रेसन उपप्रमुख असिफहुसेन खत्रीको उपस्थिति थिए। सो सम्झौताअनुसार जीएमको प्लान्ट रहेको जमिन, भवन, मेसिन तथा उत्पादन उपकरणको मूल्यांकन गरिने छ। मूल्यांकन सकिएपछि प्रदेश सरकार तथा सेयर होल्डरबाट सोको स्वीकृत गरिने उल्लेख छ। 

images
images

यो वर्षको सुरुवातमा हुन्डाईले भारत प्रवेश गरेको २७ वर्ष पूरा भएको थियो। सोही अवसरमा हुन्डाईले तामिलनाडूमा २० हजार कडार भारु लगानी गर्ने एमओयू गरेको थियो। मेक इन इन्डिया अन्तर्गत उच्च प्रविधिको उत्पादन प्पालन्ट बनाउन महाराष्ट्र प्लान्ट खरिद गरिएको हुन्डाई मोटर इन्डियाका सीईओ उनले बताएका छन्। यो प्लान्टबाट २०२५ देखि हुन्डाईका कार उत्पादन गरि बजारमा ल्याउने योजना कम्पनीले बनाएको छ। 

images
images

१ अर्ब ४० करोड जनसंख्या भएको र आर्थिक रुपमा उदीयमान शक्त भारत विश्वभरका अटोमोबाइल उत्पादनकका लागि उर्भर भूमी हो। अहिले नै पनि भारत विश्वको तेस्रो ठूलो अटोमोबाइल बजार हो। भारतले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ। २०३० सम्ममा भारतले उत्पादन कार मध्ये ३० प्रतिशत विद्युतीय पुर्‍याउने लक्ष्य भारतको छ। सोहीअनुसार हुन्डाईलगायत कार उत्पादकले कम्पनीले भारतमा विद्युतीय कार उत्पादनमा केन्द्रित हुँदैछन्। 

गत वर्ष हुन्डाईले भारतमा ५ लाख ५२ हजार ५ सय ११ वटा कार बिक्री गरेको थियो। १४.५ प्रतिशत बजार हिस्सासहित भारतमा कार बिक्री गर्ने कम्पनीहरूको सूचीमा हुन्डाई दोस्रो स्थानमा रहेको छ। २०२३ को जुलाईसम्ममा हुन्डाईले भारतमा ३ लाख ४६ हजार ७ सय ११ वटा कार बिक्री गरिसकेको छ। 

भारतीय बजारमा बढ्दो मागलाई सम्बोधन गर्न हुन्डाईले कार उत्पादन क्षमता बढाउँदै छ। जीएमको महाराष्ट्रमा रहेको प्लान्टको वार्षिक कार उत्पादन क्षमता १ लाख ३० हजार रहेको छ। हुन्डाईले लिएको लक्ष्य पूरा गर्न यो प्लान्टले समेत ठूलो सहयोग पुग्नेछ। यो वर्षको पहिलो हाफपछि हुन्डाईको वार्षिक उत्पादन क्षमता ७ लाख ५० हजारबाट ८ लाख २० हजार वटा पुगेको छ। 

हुन्डाई मोटरले भारतमा कार उत्पादन क्षमता वार्षिक १० लाख वटा बनाउने योजनामा छ। अमेरिकी कार उत्पादकहरू भारतबाट बाहिरिँदा एसियाली तथा भारतीय सवारी उत्पादकलाई नै त्यसबाट लाभ मिलिरहेको छ। 

हुन्डाईका कार नेपाली बजारमा समेत एसेम्बल हुने प्रक्रिया सुरु भइरहेको छ। लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईको भेन्यू एसेम्बल गर्न दुई वटा सीकेडी पार्टस् आयात गरिसकेको छ। लक्ष्मी समूहअन्तर्गतकै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता हो। 


प्रकाशित : शनिबार, भदौ २ २०८००५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend