आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

एक लाख रूपैयाँमात्र बक्यौता हुँदा पनि बन्द गराएको आरोपबीच सिम्रिकले एकैदिनमा तिर्‍यो ५६ लाख

राज्यलाई तिर्ने बक्यौतामा समेत पूर्वप्रधानमन्त्री ओलीको मजाक

images
बिहीबार , साउन ३२ २०८०
images
एक लाख रूपैयाँमात्र बक्यौता हुँदा पनि बन्द गराएको आरोपबीच सिम्रिकले एकैदिनमा तिर्‍यो ५६ लाख
images
images

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सिम्रिक एयरलाई राज्य संयन्त्र लागेर एक लाख रुपैयाँमात्र बक्यौता हुँदा पनि उडान बन्द गरेको आरोप लगाए। तर सिम्रिक एयरले भने ५६ लाख रूपैयाँभन्दा बढी बक्यौता एकैदिनमा चुक्ता गरेको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन रामेश्वर थापाको सिम्रिक एयरलाई बक्यौता नतिरेको भन्दै उडान नै बन्द गरिदिएको थियो। एमालेको उद्योग संगठनले बिहीबार गरेको एक कार्यक्रममा ओलीले एक लाख रूपैयाँमात्रै बक्यौता भएको कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द गरेको आरोप लगाएका थिए।

images
images

सिम्रिक एयरले भने ६ वटा विमानस्थलको ४६ लाख ८३ हजार ६ सय २० रुपैयाँ तिरेर उडान सुरु गराएको छ। पहिलेको अर्को बक्यौता पनि १० लाख गरी ५६ लाख रूपैयाँभन्दा बढी तिरेपछि उडान सुरु गरेको हो। यस्तोमा पूर्वप्रधानमन्त्री समेत रहेका ओली नै राज्यलाई तिर्नुपर्ने करमा मजाक गरेर भाषणमा केन्द्रित भएका थिए। 

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले गतसाता सिम्रिक एयरका सबै हेलिकप्टर ग्राउन्डेड गरेको थियो। बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि प्राधिकरणले गत साता बिहीबारदेखि नै सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो। गत साउन २८ मै सबै बक्यौता तिरेको थियो। 

प्राधिकरणले बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको हो। क्याप्टेन रामेश्वर थापाको लगानी रहेको सिम्रक एयरले पटकपटक नियम उल्लंघन गरेको अरोपसमेत प्राधिकरणको छ। हाल सिम्रिकले ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आएको छ। सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन्। 


प्रकाशित : बिहीबार , साउन ३२ २०८०१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend