शुक्रबार, जेठ ४ गते २०८१    
images
images

भौतिक पूर्वाधारमा कार्यसम्पादन सम्झौता, मन्त्रीले भने - 'एक्सन ओरन्टेड बनाउनुहोस्'

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ३२ २०८०
images
images
भौतिक पूर्वाधारमा कार्यसम्पादन सम्झौता, मन्त्रीले भने - 'एक्सन ओरन्टेड बनाउनुहोस्'

मन्त्रालयका सचिव केशव शर्मासँग कार्यसम्पादन सम्झौता गर्दै मन्त्री ज्वालाले एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न निर्देशन दिएका हुन्। 

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्यसम्पादलाई कर्मकाण्डी नभएर एक्शन ओरेन्टेड बनाउन निर्देशन दिएका छन्।

images
images
images

मन्त्रालयका सचिव केशव शर्मासँग कार्यसम्पादन सम्झौता गर्दै मन्त्री ज्वालाले एक वर्षभित्र परिणाम ल्याउने गरी काम थाल्न निर्देशन दिएका हुन्। 

images

बिहीबार मन्त्री ज्वालाले सचिवसँग र सचिवले विभागीय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन्। कार्यसम्झौता सम्बन्धी कार्यक्रममा मन्त्री ज्वालाले यस आर्थिक वर्षमा ९० प्रतिशत प्रगति गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। 

images
images

‘कार्यसम्पादन सम्झौता कर्मकाण्डी मात्र होइन, यसलाई एक्शन ओरन्टेड बनाउनै पर्छ। जबसम्म एक्शन ओरन्टेड हुँदैनौ तवसम्म ९० प्रतिशत भौतिक प्रगति गर्न सक्दैनौ’ मन्त्री ज्वालाले भने ‘नीतिगत र ब्यक्तिगत समस्या भए आउनुहोस् छलफल गरौ तर झारा टार्ने उदेश्यले काम नगर्नुहोस्।’

images
images

कार्यसम्पादन सम्झौता गर्दैगर्दा सचिव शर्माले राजनीतिक नेतृत्व सरल, सहज र परिणामुखी भएकाले ९० प्रतिशतको लक्ष्य पुरा हुने बताए। ‘काम गर्न कुनै प्रकारको बाधा छैन, हामी लक्ष्य भेटाउँछौँ’ सचिव शर्माले भने।

२५ साउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाबीच कार्यसम्पादन सम्झौता भएको थियो। प्रधानमन्त्रीसँगको सम्झौतापछि मन्त्री ज्वालाले बुधकबार सचिव शर्मासँग र सचिव शर्माले विभागीय प्रमुखसँग सम्झौता गरेका थिए। 


प्रकाशित : बिहीबार , साउन ३२ २०८०१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend