सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य लिए कारबाही

images
बिहीबार , साउन ३२ २०८०
images
पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य लिए कारबाही

हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ।

images
images

काठमाडौं- नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ। संघले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो।

images
images
images

संघका अध्यक्ष धुव्र गौतमले बिचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै संघले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए। 'उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रूपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल १६ रूपैयाँसम्म र उपत्यकाबाहिर जारको पानीमा ६० रूपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल २० रूपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,' उनले भने।

images
images

संघले पानीको बजार अनुगमन गर्नका लागि संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ।

images
images

उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ।

यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ। वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आम उपभोक्तालाई आग्रहसमेत गरेका छन्।

संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन्। 'उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही गछौँ,' उनले भने।

हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार खपत हुँदै आएको छ। नेपालबाट आर्थिक वर्ष २०७९/८० मा मात्र ६० करोड मूल्य बराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ। हाल काठमाडौं उपत्यकाभित्र झन्डै २०० र  देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन्।


प्रकाशित : बिहीबार , साउन ३२ २०८०१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend