आइतबार, असोज ६ गते २०८१    
images
images

सामुदायिक वनका खाली जग्गामा कुरिलो खेती, वार्षिक ६ लाख आम्दानीको अनुमान

images
बिहीबार , साउन ३२ २०८०
images
images
सामुदायिक वनका खाली जग्गामा कुरिलो खेती, वार्षिक ६ लाख आम्दानीको अनुमान

दाङका १० सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्ने गरेका छन्। वन समूहबाट गत वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो संकलन गरिएको थियो।

images
images

देउखुरी- दाङका केही सामुदायिक वनमा रहेका खाली जग्गामा कुरिलो खेती गरिएको छ। सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले कुरिलो खेती गर्न सुरु गरेको छ।

images
images
images

घोराही उपमहानगरपालिका-१८ अखबरेमा रहेको वसन्त हरियाली सामुदायिक वनको दुई हेक्टर खाली जग्गामा ६ हजार दुई सय कुरिलोको बेर्ना लगाइएको छ। वन तथा वातावरण मन्त्रालयको पाँच लाख रूपैयाँ र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताको सहभागितामा कुरिलोको बेर्ना रोपिएको छ। अहिले लगाएको कुरिलोका बेर्नामध्ये २५ प्रतिशत मर्नसक्ने आँकडाअनुसार चार हजार पाँच सयभन्दा बढी बिरुवा हुर्किरहेका छन्।

प्रति १० बोटबाट एक किलो कुरिलो संकलन हुने र एउटा बोटबाट वर्षमा कम्तीमा तीन पटकसम्म उत्पादन लिन सकिने लक्ष्यअनुसार स्थानीय सामुदायिक वनलाई आयआर्जनमा जोड्ने गरी काम अघि बढाइएको डिभिजन वन कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।

यहाँबाट कम्तीमा वार्षिक एक हजार तीन सय ५० किलो कुरिलो उत्पादन हुने र अहिलेकै बजार थोक मूल्यअनुसार प्रतिकिलो  पाँच सय रूपैयाँमा बिक्री हुँदा पनि वन समूहले वार्षिक ६ लाख ७५ हजार रूपैयाँ आम्दानी गर्नसक्ने अपेक्षा गरिएको छ। वसन्त हरियाली वन समूहले चार वर्षदेखि श्रीखण्डका बिरुवा रोपेर बगैँचा बनाउन सुरु गरेको ठाउँमा कुरिलो खेती गरिएको छ।

images

तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको गणेश सामुदायिक वनले दुई दशकअघि आफ्नो हाताभित्र राप्ती शान्ति उद्यानको जग बसाएको थियो। अहिले उद्यानको कामले सार्थकता पाएको छ। राप्ती शान्ति उद्यान जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। यहाँ बाह्रै महिना जिल्लाभित्र तथा छिमेकी जिल्लाबाट समेत अवलोकनका लागि आउने गरेका छन्।

पार्कभित्र चिडियाखाना र अन्य प्राकृतिक वस्तुलाई संरक्षण गरेर राखिएकाले त्यहाँ घुम्न आउने पर्यटकका लागि सो ठाउँ आकर्षणको केन्द्र बनेको छ। वनलाई जोगाउँदै पर्या-पर्यटनसँग जोडेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश शान्ति उद्यानले दिएको छ। उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीका अनुसार पार्ककै कारण अहिले पाँच सय बढीले विभिन्न प्रयोजनबाट प्रत्यक्षरुपमा रोजगारी पनि पाएका छन्। त्यसले एकातिर वन संरक्षण भइरहेको छ भने अर्कोतिर आयआर्जन पनि भइरहेको छ।

यस्तै तुलसीपुर-१९ को पकर्रे सामुदायिक वनका केही उपभोक्ताले बाँसबाट उत्पादन गर्न सकिने घरायसी प्रयोजनमा प्रयोग हुने वस्तु र विभिन्न सजावटका सामग्री निर्माण गरेर बिक्री गर्ने गरेका छन्। त्यस्तै लमही नगरपालिका-५ को लमही बसपार्क नजिकै रहेको अजम्बरी सामुदायिक वन क्षेत्रमा जैविक विविधता ग्रीन पार्क निर्माण गरिएको छ। करिब ३० बिघामा फैलिएको यो पार्कमा खुला व्यायमशाला, वनभोज स्थल, बालउद्यान, बोटबिरुवा अनुसन्धान केन्द्र, पहाडको बाटो हुँदै जखेरा तालसम्म पुग्ने पैदल मार्गलगायतका संरचना बनाइएको छ।

यहाँ पनि पछिल्लो समय अवलोकनका लागि आउनेहरुको संख्या बढ्दै गएको छ। वन समूहका अध्यक्ष पवन रिजालले सामुदायिक वनलाई पर्यटनसँग जोड्ने र उपभोक्तालाई आयआर्जसँग जोड्ने लक्ष्यका साथ योजना कार्यान्वयनमा ल्याउने काम भएको बताए।

दाङका १० सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्ने गरेका छन्। वन समूहबाट गत वर्ष करिब रु नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो संकलन गरिएको थियो। खोटो खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो १२ र निकासी कर प्रतिकिलो १२ रूपैयाँ राजस्व तिर्ने गरेका छन्। ती वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम हुने गरेको छ। दाङमा अहिले पाँच सय ३० जति सामुदायिक वन उपभोक्ता समूह रहेको बताइएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३२ २०८००९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend