आइतबार, असोज ६ गते २०८१    
images
images

वीरगञ्जलाई थप सुरक्षित बनाउन ‘एआई’ जडान, २७ लाख लागत

images
बिहीबार , साउन ३२ २०८०
images
images
वीरगञ्जलाई थप सुरक्षित बनाउन ‘एआई’ जडान, २७ लाख लागत

उक्त प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाए पनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने प्रहरीले जनाएको छ।

images
images

पर्सा- देशकै अतिसंवेदनशील जिल्लाको सूचीमा रहेको सीमावर्ती पर्साको सदरमुकाम वीरगञ्जलाई थप सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय सुरक्षा प्रणाली जडान गरिएको छ।  

images
images
images

वीरगञ्जमा हुने सवारी दुर्घटनादेखि विभिन्न अपराधमा संलग्न रहेका व्यक्तिको पहिचान गर्न ‘अटोमेटिक नम्बर प्लेट रिकनाइजेसन सिस्टम’ (एएनपीआर) जडान गरिएको हो। वीरगञ्ज महानगरपालिकाको २७ लाख रूपैयाँको लागतमा जडान गरिएको एएनपीआर प्रणालीको बुधबार महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे।

उनले जडान गरिएको अत्याधुनिक प्रविधिले वीरगञ्जको ट्राफिक व्यवस्थापनसँगै अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले वीरगञ्जवासीको जिउधनको सुरक्षाका लागि वीरगञ्जका केही स्थानमा हाल जडान गरिएको एएनपीआर प्रणालीका क्यामरालाई चाँडै नगरभरि विस्तार गर्दै लैजाने जानकारी दिए।

वीरगञ्जको परवानीपुर, गण्डकलगायत नगरका विभन्नि चोकमा जडान गरिएको अत्याधुनिक क्यामेरा र एएनपीआर प्रणालीले वीरगञ्ज सहरलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। उनले सवारी दुर्घटनमा संलग्न सवारीसाधनको पहिचान मात्र नभई नेपाल सरकारले खोजी सूचीमा राखेका व्यक्तिकोसमेत कुनैपनि बेला पहिचान गरी अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

images

उक्त प्रणालीले उज्यालोमा मात्र नभई रातिको अँध्यारोमा समेत बाहनको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क वा अन्य जुनसुकै वस्तु लगाए पनि पहिचान गरी तत्कालै जानकारी दिनसक्ने प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३२ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend