आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सेयर बजारमा यो साता निराश देखिए लगानीकर्ता, कमजोर देखियो कारोबार

बिहीबार , साउन ३२ २०८०
सेयर बजारमा यो साता निराश देखिए लगानीकर्ता, कमजोर देखियो कारोबार

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजार लगातार ओरालोतिर लागेको छ। यो साता पहिलो कारोबार वृद्धितर्फ लागेको बजारले त्यसपछि लय समात्न नसक्दा समग्रमा ३२.९ अंकले घटेको छ।

साताको अन्तिम कारोबारमा बिहीबार बजार ८.०१ अंकको वृद्धिसहित २०३३.१३ बिन्दुमा पुगेको छ। १३५ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा १ अर्ब ५४ करोड १३ लाख रूपैयाँको कारोबार भएको छ। ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

निरन्तर उतारचढावमा रहेको बजारमा सामान्य वृद्धितर्फ नजाँदै पुन: ओरालोतिर लागेको हो। यो साता आइतबारको वृद्धिले सुखद सुरुवात देखिए पनि सोमबार, मंगलबार र बुधबार बजार राताम्य बन्यो। यो साता बिहीबार बजार थामिए पनि कुनै दिन कारोबार रकम उल्लेख्य भएन।

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले निरन्तर वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्।

यो साता आइतबार १४.८१ अंकले बढेर सोमबार ३.६१ अंकले घटेको सेयर बजारमा मंगलबार पुन: ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा झरेको थियो। बुधबार २०.३१ अंकले घटेर बजार २०२५.१२ बिन्दुमा झरेको थियो। आउने साता पनि बजारले लय समात्न सक्ने आधारहरू नदेखिएको विश्लेषकहरू बताउँछन्। 

 


प्रकाशित : बिहीबार , साउन ३२ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend