शुक्रबार, असोज ४ गते २०८१    
images
images

नेपाल क्लियरिङ हाउसले पायो राष्ट्रिय भुक्तानी स्वीच सञ्चालनको अनुमति 

भुक्तानी लागत घट्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
images
images
नेपाल क्लियरिङ हाउसले पायो राष्ट्रिय भुक्तानी स्वीच सञ्चालनको अनुमति 

यो अनुमतिसँगै नेपालमा एकिकृत भुक्तानी स्वीच  सेवा हुने भएको छ। 

images
images

काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले राष्ट्रिय भुक्तानी स्वीच सेवा सञ्चालनको अनुमति पाएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले एनसीएचएललाई पहिलो चरणको स्वीच सेवा सञ्चालनको अनुमति दिएको हो। राष्ट्र बैंकले यसअघि नै एनसीएचएललाई सेवा सञ्चालको पूर्वस्वीकृति दिएको थियो। 

हाल सेवा सञ्चालको अनुमति दिएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले जानकारी दिए। 

पूर्वस्वीकृत पाएपछि कम्पनीले पूर्वाधार निर्माणको काम सुरु गरेको थियो। करिब एक वर्षमा सबै तयारी पूरा भएर सेवा सञ्चालनका लागि तयार भएपछि अनुमति पाएको हो। 

images

यो अनुमतिसँगै नेपालमा एकिकृत भुक्तानी स्वीच  सेवा हुने भएको छ। 

भुक्तानी स्वीच भनेको विभिन्न थरीका सेवाप्रदायकबाट हुने भुक्तानीलाई एकरुपता दिने बाटो हो। बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी, वालेट तथा भुक्तानी सेवाप्रदायकहरुले एउटै बाटोबाट भुक्तानी गर्न पाउनेछन्। 

यो सेवामा जोडिनका लागि त्यस्ता सेवाप्रदायकहरु यो स्वीचमा जोडिन पाउनेछन्। 

एनसीएचएलले अहिले पाएको अनुमति भनेको कार्ड बाहेकको स्वीचको अनुमति हो। डिजिटल भुक्तानीको स्वीच सेवा दिनका लागि अहिले काम सुरु हुने छ। अर्को चरणमा कार्डको पनि स्वीच हुने प्रधानले जानकारी दिए। 

'भुक्तानीको फराकिलो राजमार्गको सुरुवात यहीबाट भएको छ। यसमा अब सेवाप्रदायकहरु जोडिनसक्नेछन्' उनले भने। 

हाल विभिन्न भुक्तानी सेवा सञ्चालकहरुले आफ्नो छुट्टै स्वीच बनाइरहेका छन्। भिन्न भिन्न स्वीच हुँदा लागत धेरै हुन्छ। यसले गर्दा भुक्तानी लागत महंगो पर्न जान्छ। एउटै स्वीचमा धेरै सेवाप्रदायक जोडिएपछि लागत न्यून पर्न गइ अन्तत: उपभोक्ता लाभान्वित हुनेछन्। 

हाल विभन्न कम्पनीका फरक फरक क्युआर स्क्यानिङ भुक्तानी सेवा छन्। यस्ता सेवा पनि एनसीएचएलको स्वीचमा जोडिनसक्ने छन्। यो स्वीचमा जोडिएपछि उपभोक्तासँग जुनसुकै सेवा र मर्चेन्टमा जसको टर्मिनल भएपछि भुक्तानी सम्भव हुन्छ। 

त्यस्तै एउटा वालेटबाट अर्को वालेटमा पनि कारोबार सहज र सुलभ हुनेछ। 

 

 

 


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८०५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend