आइतबार, असोज ६ गते २०८१    
images
images

सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

images
बिहीबार , साउन ३२ २०८०
images
images
सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

सडकमा पर्ने खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो खसेकाले आयोजनाको पहुँचमार्ग, बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम रोकिएको छ। निर्माण कार्यमा भएको ढिलाइले लागत र निर्माण अवधि बढ्ने देखिएको छ।

images
images

म्याग्दी- बेनी-दरवाङ सडक पहिरोका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ। 

images
images
images

धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र एक सबस्टेसन निर्माणाधीन छन्। निर्माण सामग्री र इन्धन आपूर्ति गर्न नपाउँदा जलविद्युत् आयोजना निर्माणको काम रोकिएको प्रवर्द्धकले जनाएका छन्। २५ मेगावाट क्षमताको दरवाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाका व्यवस्थापक गोपाल रेग्मीले पछिल्लो एक हप्तायता बेनी-दरवाङ सडक अवरुद्ध हुँदा आयोजनाको सुरुङ निर्माणको काम रोकिएको जानकारी दिए।

'बेनीदेखि विस्फोटक पदार्थ लैजाने बाटोमापर्ने फापरखेत र बांगेपहिरोेमा दैनिकजसो पहिरो खसेर यातायात अवरुद्ध हुने गरेको छ,' उनले भने, 'सडकको असहजताले पोखराबाट बनाएको टनेलभित्र राख्ने डण्डी लैजान सकिएको छैन।' धौलागिरि कालिका हाइड्रो प्रवर्द्धक रहेको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाको मालिका गाउँपालिका-६ कमेरेमा दुई वटा अडिटबाट सुरुङ निर्माण भइरहेको छ। मुख्य अडिट बाहेक ९०० मिटर सुरुङ खनिसकेको आयोजनाको पछिल्लो एक हप्तायता निर्माण सामग्री अभाव, विस्फोटकपदार्थ ढुवानीको समस्याले निर्माण रोकिएको आयोजनाका व्यवस्थापक रेग्मीले बताए।

मालिका गाउँपालिका-७ बिम र धवलागिरी गाउँपालिका-७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ। विद्युत् विकास विभागका अनुसार धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा २३८ दशमलब २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको क्रममा छन्। 

images

नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका-७ को डाडाँखेतमा १३२ केभी क्षमताको सबस्टेसन निर्माण गरिरहेको छ। ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, ३७ मेगावाटको अपर म्याग्दी र ५७.३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्गसम्म पुग्ने सडक अवरुद्ध भएको छ।

सडकमा पर्ने खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो खसेकाले आयोजनाको पहुँचमार्ग, बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम रोकिएको छ। निर्माण कार्यमा भएको ढिलाइले लागत र निर्माण अवधि बढ्ने देखिएको छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले आवतजावत तथा ढुवानीको सहजताका लागि बेनी-दरवाङ सडक नियमित सञ्चालन गर्न डोजर र मजदुर परिचालन गरेको बताए। रासस


प्रकाशित : बिहीबार , साउन ३२ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend