आइतबार, असोज ६ गते २०८१    
images
images

फिर्के खोलाको सीमांकन अन्तिम चरणमा, दायाँबायाँ गाडियो पाँचसय पिल्लर

images
बिहीबार , साउन ३२ २०८०
images
images
फिर्के खोलाको सीमांकन अन्तिम चरणमा, दायाँबायाँ गाडियो पाँचसय पिल्लर

पोखरा-१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्के खोला फेवातालमा गएर मिसिन्छ।

images
images

कास्की- कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सीमांकन अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सीमांकन गर्न सुरु गरेको थियो। वडानं १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सीमांकन वडानं १८ बेँसीटोल पुगेको छ। 

images
images
images

यस कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म सीमांकन भएको क्षेत्रमा पाँच सय बढी पिल्लर तथा चिह्न खोलाको दायाँबायाँ गाडिएका छन्। उनले भने, 'फिर्के खोलाको सीमांकनको काम अब धेरै बाँकी छैन। हामी छिट्टै यसलाई सम्पन्न गर्दछौँ।' सर्वेक्षक पौडेलका अनुसार अब पाँच सय मिटर क्षेत्रमा मात्र काम बाँकी रहेको छ।

पहिलो चरणमा खोलाको भाग यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तरगत फिर्के खोलाको संरक्षण, सम्बर्द्धन र सुन्दरताको कार्यक्रम सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार यसलाई फिर्के करिडोरको रूपमा विकास गरिने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ।

महानगर प्रमुख आचार्यले भने, 'सीमांकन प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाले खोलाको मापदण्ड तोक्छ। त्यसपछि मापदण्ड विपरीत बनेका संरचना हटाउँछौँ र आवश्यक पूर्वाधार निर्माण गछौँ।'

images

पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ। खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन्। बर्खायाममा खोलामा पानीको बहाव बढ्दा मापदण्ड विपरितका संरचनाका कारण कटान र डुबानको समस्या आउने गरेको छ। महानगरका अनुसार फिर्केमा अतिक्रमित संरचना हटाइसकेपछि पर्यटन विकास परियोजना लागु हुनेछ।

सीमांकन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० जना परिचालित छन्। पोखरा-१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ। रासस


प्रकाशित : बिहीबार , साउन ३२ २०८००६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend