काठमाडौं- सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी १२ सय ९५ रुपैयाँ तोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।