मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ३२ २०८०
images
images
धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको थियो।

images
images

धादिङ- धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ। नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ। 

images
images
images

प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ। महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । एक सय तीन जना उपभोक्तालाई  प्राधिकरणले कालोसूचीमा राखेको छ।

images
images

लाइन काटेपछि चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए। कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार असुल गर्न बाँकी छ। धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको प्रमुख न्यौपानेको भनाइ छ।

images
images
images

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन्। चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन। गत आवमा विद्युत् चोरी गर्ने दुई सय ९४ जनालाई कारबाही गरिएको थियो। उनीहरुबाट १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उनले बताए। 

अघिल्लो आवमा एक सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो। गत आवमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड रकम सङ्कलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३२ २०८००४:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend