आइतबार, असोज ६ गते २०८१    
images
images

नाइट क्लबहरूमा राजस्व अनुसन्धानको निगरानी, राजस्व छलीसँगै गुणस्तरहीन मदिरा बिक्रीको आशंका 

images
बिहीबार , साउन ३२ २०८०
images
images
नाइट क्लबहरूमा राजस्व अनुसन्धानको निगरानी, राजस्व छलीसँगै गुणस्तरहीन मदिरा बिक्रीको आशंका 

विगतमा पनि रात्रीकालीन व्यवसायमा छानबीनको तयारी गर्दा शक्तिकेन्द्रको प्रयोग गरेर छानबीन निस्तेज पार्ने काम हुँदै आएको थियो। 

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागले नाइट क्लबलगायतका रात्रीकालीन व्यवसायमा छापा मार्ने क्रम बढाउने भएको छ। गत शनिबार लर्ड अफ ड्रिंग्स (एलओडी) मा राजस्व छलीको आशंकामा विभागले छापामा मारेको थियो। एलओडीको खरिद तथा बिक्री खाता, मौज्दात, बिलवीजक नियन्त्रणमा लिएर विभागले अनुसन्धान गरिरहेको छ।

images
images
images

एलओडीले कर कार्यालयमा बुझाएको वितरण र उसको वित्तीय वितरणहरू नियन्त्रणमा लिएर अनुसन्धान गरिरहकेको विभागले जनाएको छ। एलओडीले आयकर र मूल्य अभिवृद्धि करमा छली गरेको सूचनाका आधारमा विभागले एलओडीको कागजात नियन्त्रणमा लिएको हो। 

एलओडीका मुख्य सञ्चालक राजु सिंह सुवाल र नबिल श्रेष्ठ हुन्। उनीहरूको यस नाइट क्लबमा ६० प्रतिशतभन्दा बढी सेयर रहेको बताइन्छ।

एलओडी काठमाडौं उपत्यकाको सबैभन्दा बढी मदिरा बिक्री हुने नाइट क्लब पनि हो। यस क्लबले विगतमा पनि विभिन्न बियर उत्पादक कम्पनीहरूको म्याद गुज्रिएको बियर खरिद गरेर उपभोक्तालाई चर्को मूल्यमा बिक्री गरेको उजुरी परेको थियो। एल‌ओडीले विषेशगरी गोर्खा ब्रुअरीको म्याद ग्रुजिएको बियर बिक्री गर्दै आएको बताइन्छ। 

images

उजुरीकै आधारमा गत माघमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकाका भिडभाड हुने ठाउँमा बियर बिक्री हुने स्थानलाई निगरानीमा राख्नसाथ व्यापारीहरूको मिलेमतोमा विभागका महानिर्देशक नै सरुवा भएका थिए।

रात्रीकालीन व्यवसायीहरूकै जोडबलमा विभागका तत्कालीन महानिर्देशन महेश भट्टराईको सरुवा गरिएको थियो। 

विगतमा पनि रात्रीकालीन व्यवसायमा छानबीनको तयारी गर्दा शक्तिकेन्द्रको प्रयोग गरेर छानबीन निस्तेज पार्ने काम हुँदै आएको थियो। 

एलओडीसँगै यस्तै प्रकृतिका व्यवसायमा राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गर्ने भएको छ। उनीहरूले ठूलो मात्रामा आयकर र मूल्य अभिवृद्धि कर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान अगाडि बढाउने तयारी गरिरहेको हो। 

रात्रीकालीन व्यवसायमा मात्रै नभएर कर छली गरिरहेका कुनै पनि औद्योगिक प्रतिष्ठानमाथि अनुसन्धान अगाडि बढाउने तयारी गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बिजनेस न्युजलाई बताए। राजस्व चुहावट भइरहेका सबै क्षेत्रहरूमा विभागले निगरानी बढाएको समेत उनले बताए। ‘राजस्व चुहावट हुने र भइरहेका ठाउँहरूमा राजस्व विभागले निगरानी राख्नुपर्ने थियो, त्यसमा निगरानी बढाएका छौँ। क्रमस: एउटै क्षेत्रका विभिन्न संस्थाहरूले राज्यका अनिवार्य दायित्व पूरा नगरेका हुन सक्छन्। यसै क्रममा एलओडीमाथि हामीलाई शंका लागेपछि हामीले अनुसन्धान गर्यौं’, उनले भने।

एलओडीमा ठूलो मात्रामा कारोबार भएपनि त्यसअनुसारको कर नउठेपछि छापा मारिएको उनले बताए। एलओडी जस्तै कर चुहावट हुने सबै क्षेत्रमा अनुसन्धानको तयारी भइरहेको महानिर्देशक ढुंगानाले बताए।


प्रकाशित : बिहीबार , साउन ३२ २०८००१:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend