सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

चितवन हुलाकबाट एक करोड राजस्व संकलन

images
बुधबार, साउन ३१ २०८०
images
चितवन हुलाकबाट एक करोड राजस्व संकलन

हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व संकलन गरेको हो।

images
images

नारायणगढ- जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट एक करोड १३ लाख सात हजार सात सय ३६ रूपैयाँ राजस्व संकलन गरेको छ। हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व संकलन गरेको हो।

images
images
images

कार्यालयका प्रमुख रमेश ज्ञवालीका अनुसार हुलाक सेवा शुल्कबाट ८६ लाख ३० हजार एक सय एक रूपैयाँ, भन्सार महसुल आयातबाट नौ लाख ९३ हजार ७४ रूपैयाँ, रेडियो एफएफ सञ्चालन दस्तुरबाट ४४  हजार रूपैयाँ, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त आय ५४ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

त्यसैगरी अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने दस्तुर १५ लाख ६१ हजार ६१ रूपैयाँ संकलन भएको छ भने यहाँको टेलिभिजन सञ्चालन गरेको दस्तुर २५ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ।
 
गत आवमा कार्यालयले १० लाख ७३ हजार एक सय थान टिकट बिक्री गरी ९८ लाख ३४ हजार सात सय ६५ रूपैयाँ आम्दानी गरेको छ। जिल्ला हुलाक कार्यालयबाट यहाँका पत्रपत्रिका तथा एफएम र टेलिभिजनलाई लोककल्याणकारी विज्ञापनको रकम भुक्तनी गर्ने गरिएको प्रमुख ज्ञवालीले जानकारी दिए। यस कार्यालयबाट गत आवमा ५१ लाख नौ हजार छ सय ७७ रूपैयाँ लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी गरिएको छ।

images
images

यहाँका तीन दैनिक पत्रपत्रिकालाई ११ लाख ७२ हजार छ सय ९० रूपैयाँ, आठ साप्ताहिक पत्रिकालाई १९ लाख ८२ हजार नौ सय ५९ रूपैयाँ र एउटा द्विमासिक पत्रिकालाई एक लाख २० हजार सात सय ४९ रूपैयाँ भुक्तानी गरिएको छ। त्यसैगरी जिल्लाका चौध एफएम रेडियोलाई १५ लाख ९० हजार छ सय ९२ रूपैयाँ र एउटा टेलिभिजनलाई दुई लाख ४२ हजार पाँच सय ८५ रूपैयाँ भुक्तानी गरिएको छ।

कार्यालयको काम, कर्तव्य र अधिकारभित्र रहेर सो भुक्तानी गरिएको कार्यालय प्रमुख ज्ञवाली बताउँछन्। लोककल्याणकारी विज्ञापनसँगै कार्यालयले केबल टिभी एफएम रेडियोहरूको नवीकरण तथा अनुगमन गर्दै आएको छ। राष्ट्रिय सूचना आयोगले तोकेबमोजिम सूचनाको हक कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेस गर्ने गरिएको उनको भनाइ छ।

जिल्ला हुलाक कार्यालयले गत वर्ष ४४ हजार ८४ हुलाक वस्तु देशभित्र र सात सय २३ विदेश पठाएको छ। त्यसैगरी ३५ हजार २३ हुलाक वस्तु देशभित्रबाट र १० हजार आठ सय ३८ विदेशबाट हुलाक वस्तु आएको छ। हाल जिल्ला हुलाक कार्यालयले पूर्व-पश्चिम डाँक व्यवस्थापन र सञ्चालन, हुलाक वस्तु दर्ता एवं रजिष्ट्री, द्रुत डाँक सेवालगायतका काम गर्दै आएको छ।

जिल्लामा हाल १३ इलाका हुलाक र २५ अतिरिक्त हुलाक कार्यालय छन्। पछिल्लो समय निजी क्षेत्रका कुरियर सेवा सञ्चालन भएपछि हुलाकको काममा भने केही कमी आएको छ। रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८०१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend