आइतबार, असोज ६ गते २०८१    
images
images

बागमतीको पानीका कारण उपत्यकामा खानेपानीको अभाव कम

images
बुधबार, साउन ३१ २०८०
images
images
बागमतीको पानीका कारण उपत्यकामा खानेपानीको अभाव कम

उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर रहेको छ। वर्षाको समयमा दैनिक १५ देखि १६ करोड पानी उत्पादन भइरहेको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ।

images
images
images

सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन। अहिले बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी ल्याउन सकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।

बागमतीको पानी र अरु स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए। उनले भने, 'वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ। बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ।' प्रवक्ता राईका अनुसार केन्द्रमा आएपछि मेलम्चीको लाइनबाटै पानी वितरण भइरहेको छ।

वर्षाको समयमा दैनिक १५ देखि १६ करोड पानी उत्पादन भइरहेको र उपत्यकामा माग दैनिक ४७ करोड लिटर रहेको छ। मागभन्दा आधाभन्दा कम पानी वितरण भइरहेकाले यो पर्याप्त नभएको उनको भनाइ थियो।

images

'उपत्यकामा वितरण गर्नका लागि पानी पर्याप्त नभए पनि धेरै समस्या अहिले छैन', प्रवक्ता राईले भने। बागमती नदीबाट अहिले ल्याइरहेको परिमाणभन्दा थप पानी ल्याउन सकिने भए पनि त्यसका लागि अझै संरचना निर्माण गर्न आवश्यक रहको उनले बताए। प्रवक्ता राईका अनुसार लिमिटेडले त्यसका लागि पाइप लाइन विस्तार गरिरहेको छ तर  पूरा भैसकेको छैन।

काठमाडौं उपत्यकामा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएको र त्यही अभाव पूर्तिका लागि दुई दशक पहिले मेलम्ची खानेपानी आयोजनाको अवधारणा ल्याइएको थियो। तीन वर्ष पहिलेदेखि आयोजनाबाट पानी ल्याउन थालिए पनि विसं २०७८ असार १ गते आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारणले सम्पन्न हुने क्रममा रहेका आयोजनाका संरचनामा क्षति पुगेको थियो । ती संरचनाको पुनःनिर्माण अहिले पनि भइरहेको छ।

विसं २०७९ र यो वर्षको पनि हिउँदमा पानी ल्याइएको थियो। हिउँदमा मेलम्ची नदीबाट दैनिक १७ करोड खानेपानी ल्याइने गरिएको छ। त्यो पानी र लिमिटेडको आफ्नो उत्पदानका कारण उपत्यकामा खानेपानीको अभाव केही कम भएको थियो। 
लिमिटेडले उपत्यकाका आसपास अरु स्रोतहरु पनि खोजी गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८०१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend