शनिबार, माघ १२ गते २०८१    
शनिबार, माघ १२ २०८१
images
images

स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

images
बुधबार, साउन ३१ २०८०
images
images
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

स्थानीय सरकारको आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु नपर्ने सञ्चार मन्त्री रेखा शर्माले बताइन्।

images
images

तुलसीपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउनतर्फ ध्यान दिनुपर्ने बताएकी छिन्। दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउनतर्फ पनि ध्यान दिनुपर्ने बताएकी हुन्।

images
images
images

'आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन', मन्त्री शर्माले भनिन्। उनले यस्ता उद्यान आम्दानीको स्रोत बन्नसक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रुपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताइन्।

images

उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताइन्।

images
images
images

उक्त उद्यान लमही नगरपालिका-५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ। अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताए। सोही ठाउँमा ३० बिघा जग्गा छ। रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend