शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

लगातार ओरालो लाग्यो सेयर बजार, विश्वस्त छैनन् लगानीकर्ता

images
बुधबार, साउन ३१ २०८०
images
images
लगातार ओरालो लाग्यो सेयर बजार, विश्वस्त छैनन् लगानीकर्ता
images
images

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजार लगातार ओरालोतिर लागेको छ। यो साता पहिलो कारोबार वृद्धितर्फ लागेको बजारमा त्यसपछिका तीन कारोबार लगातार घटेको छ। निरन्तर उतारचढावमा रहेको बजारमा सामान्य वृद्धितर्फ नजाँदै पुन: ओरालोतिर लागेको हो। 

images
images

गएको सातभर नै निरन्तर उतारचढावमा देखिएर अन्तिम दुई कारोबार वृद्धितर्फ लागेको सेयर बजारमा यो साता आइतबारको वृद्धिले सुखद सुरुवात देखिए पनि सोमबार, मंगलबार र बुधबार बजार राताम्य बन्यो। 

images
images

यो साता आइतबार १४.८१ अंकले बढेर सोमबार ३.६१ अंकले घटेको सेयर बजारमा मंगलबार पुन: ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा झरेको थियो।

images
images
images

बुधबार २०.३१ अंकले घटेर बजार २०२५.१२ बिन्दुमा झरेको छ। ३४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १ अर्ब ६७ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ। १८५ कम्पनीको सेयर मूल्य घटेको बजारमा ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले निरन्तर वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, साउन ३१ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend