आइतबार, असोज ६ गते २०८१    
images
images

यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउँदै महानगर

images
बुधबार, साउन ३१ २०८०
images
images
यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउँदै महानगर

यहाँ वर्षाको समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गरेको छ। जसका कारण यसवर्ष एक बालकलाई बाढीले बगाएको थियो। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ।

images
images
images

काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको स्थानीयवासी चुडामणि कोइरालाले जानकारी दिए। तत्कालीन कपन गाविसका जननिर्वाचित पूर्व पदाधिकारी एवं सबै राजनीतिक दलका नेतृत्वको सहमतिमा नदी पुरिएको उनले बताए।

नदी पुरेर ढल विच्छ्याएसँगै बाढीले कपन एवं काठमाडौं महानगरपालिका-६ स्थित सरस्वतीनगर र वडा नं ७ को चाबहिल क्षेत्रका केही बस्ती डुबानमा पर्ने गरेको छ। महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ। तर बूढानीलकण्ठ नगरपालिका-१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ।

खोलाको दायाँबायाँ चार/चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ। महानगरपालिका-७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गर्ने र पुर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तिका रुपमा कायम गरिने बताउँछन्।

images

दुई दशकदेखिको यो समस्या समाधानका महानगरपालिकाको नेतृत्वमा ढल हटाएर नदीको बहाव क्षेत्र कायम गर्न लागिएको हो। नदीको बहाव क्षेत्र कायम गर्ने काम धमाधम भइरहेको महानगरपालिका-६ का अध्यक्ष भुवन लामाले जानकारी दिए। महानगर क्षेत्रमा नदीको बहाव क्षेत्रलाई कायम गर्न अझै केही दिन लाग्ने उनले सुनाए।

दुवै खोलाको बहाव क्षेत्रबाट ढल हटाउने काममा बूढानीलकण्ठ नगरपालिकालेसमेत सहयोग गरिरहेको जनाइएको छ। कपन, सरस्वतीनगर क्षेत्रमा यज्ञमती र चखुँचा खोला कायम हुँदा बाढीको समस्या नरहेको स्थानीयवासी बिना दाहालले बताइन्।

खोला पुरेर ढल हालेपछि भने वर्षाको समयमा बाटो हिँड्नै नसकिने गरी बाढी आउने गरेको छ। जसका कारण यसवर्ष एक बालकलाई बाढीले बगाएको थियो। रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend