आइतबार, असोज ६ गते २०८१    
images
images

बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँको कति? (सूचीसहित)

images
बुधबार, साउन ३१ २०८०
images
images
बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँको कति? (सूचीसहित)

बुधबारदेखि लागु हुनेगरी यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो।

images
images

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको छ। बुधबारदेखि लागु हुनेगरी यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो।

images
images
images

नयाँ भाडा दरअनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशतले वृद्धि भएको छ भने तराईमा चल्ने मालवाहक सवारीको ६.८३ प्रतिशतले भाडा वृद्धि भएको छ।

नेपाल आयल निमले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरेसँगै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालितरुपमा सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रूपैयाँले वृद्धि गरेको छ। मंगलबारको नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रूपैयाँ भएको छ। त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रूपैयाँ कायम भएको छ।

images

कहाँको कति भाडा?


प्रकाशित : बुधबार, साउन ३१ २०८००८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend