आइतबार, असोज ६ गते २०८१    
images
images

मर्स्याङ्दी किनारमा रहेको जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख मुआब्जा निर्धारण

images
बुधबार, साउन ३१ २०८०
images
images
मर्स्याङ्दी किनारमा रहेको जग्गा अधिग्रहणका लागि  २१ करोड ७८ लाख मुआब्जा निर्धारण

प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार छ सय ८० रूपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको छ।

images
images

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ। मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण गरिएको हो।

images
images
images

तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा यही साउन २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको हो। 

प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार छ सय ८० रूपैयाँका दरले जग्गाको मुआब्जा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। सहायक प्रजिअ गैरेका अनुसार उक्त ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिनेछ। 

उनका अनुसार जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रकम आवश्यक पर्नेछ। त्यसमध्ये जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ रूपैयाँ र घरटहराका लागि तीन करोड ९० लाख ९९ हजार तीन सय १५ रूपैयाँ वितरण गरिनेछ।

images

प्रशासन कार्यालयले सो जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को प्रयोजनार्थ सूचना प्रकाशित गरेको छ । उक्त सूचनाअनुसार मुआब्जासम्बन्धी प्रकाशित नामावलीमा चित्त नबुझेमा सूचना प्रकाशन भएको (२०८० साउन २७) मितिले १५ दिनभित्र गृह मन्त्रालयमा कार्यालय समयभित्र निवेदन दिन अनुरोध गरिएको छ।

६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गर्न लागिएको हो। मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणलले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए। रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend