आइतबार, असोज ६ गते २०८१    
images
images

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एसियन अवार्ड

images
बुधबार, साउन ३१ २०८०
images
images
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एसियन अवार्ड

नेपालका एकमात्र फोबर्समा सूचीकृत अर्बपति उद्योगी एवं समाजसेवी विनोद चौधरी लेखक एवं राजनीतिज्ञसमेत हुन्। चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारीरुपमा सामाजिक कार्यहरु गर्दै आएका छन्।

images
images

काठमाडौं- चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मानित हुने भएका छन्।

images
images
images

दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्वविजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूका बीच हुने एक भव्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ। 

एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्दै आएको छ। यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक रविशंकर, सर वेन किङ्सले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी,अभिनेता ज्याकी च्यानलगायत सम्मानित भइसकेका छन्।

नेपालका एकमात्र फोबर्समा सूचीकृत अर्बपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारीरुपमा सामाजिक कार्यहरु गर्दै आएका छन्। नेपालमा सन् २०१५ मा गएको महाभूकम्पका समयमा भूकम्प पीडितका लागि करिब तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए।

images

त्यस्तै चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ वटा पक्की घर निर्माण गरेको थियो। भूकम्पका बेलामा गरेको योगदानमाथि फोबर्स एसियाले विनोद चौधरीको कभर स्टोरीसमेत छापेको थियो। 

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो। कोभिड महामारीको समयमा आईसीयू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त बार्ड निर्माणले ठूलो राहत पुगेको थियो।

फाउन्डेसनले कान्तिबाल अस्पतालकोआकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरि हस्तान्तरण गरेको थियो। त्यस्तै चौधरी फाउन्डेसनले सरकारलाई पीसीआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो।

अहिले चौधरी फाउन्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीय नागरिकले घरनजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको छ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तिकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ।

चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवी हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रहेका छन्। अन्तर्राष्ट्रियरुपमा ख्याती प्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ। 


प्रकाशित : बुधबार, साउन ३१ २०८००८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend