आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

माथिल्लो तामाकोशीको घाटा बढेको बढ्यै, प्रतिसेयर आम्दानी ३५ .४९ रुपैयाँ ऋणात्मक

बुधबार, साउन ३१ २०८०
माथिल्लो तामाकोशीको घाटा बढेको बढ्यै, प्रतिसेयर आम्दानी ३५ .४९ रुपैयाँ ऋणात्मक

काठमाडौं- माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको घाटा झनै बढेको छ। गतवर्षको विवरणअनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नोक्सानी ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको नोक्सानी २ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ थियो। कम्पनीको वित्तीय खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो।

कम्पनीले २०७८ भदौ २५ गतेदेखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीले नेपाल सरकारको दीर्घकालीन ऋण भुक्तानी गर्न ३० वटा किस्ताको १५ वर्षे योजना बनाएको छ। 

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्री मार्फत ८ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ७ अर्ब ११ करोड ६७ लाख रुपैयाँ कमाएको थियो।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ३४ रुपैयाँ ६७ पैसा रहेको छ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य रिटेन्ड अर्निङ्ग ६ अर्ब ९१ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको छ।


प्रकाशित : बुधबार, साउन ३१ २०८००५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend