आइतबार, असोज ६ गते २०८१    
images
images

एमसीसीअन्तर्गत पाल्पामा बन्ने प्रसारण लाइनका लागि अघि बढ्यो जग्गा अधिग्रहण प्रक्रिया

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३१ २०८०
images
images
एमसीसीअन्तर्गत पाल्पामा बन्ने प्रसारण लाइनका लागि अघि बढ्यो जग्गा अधिग्रहण प्रक्रिया

जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिने सूचनामा उल्लेख छ।

images
images

काठमाडौं- पाल्पामा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत बन्ने प्रसारण लाइनका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ।

images
images
images

एमसीसीअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सञ्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि पाल्पामा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको हो। ४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत बुटवल सबस्टेसनदेखि दमौली सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालय पाल्पाले बुधबार सूचना जारी गर्दै अधिग्रहण गरिने जग्गाको विवरण सार्वजनिक गरेको छ। 

प्रशासनको सूचनाअनुसार निस्दी गाउँपालिकाका ५, ६ र ७ नम्बर वडा तथा रामपुर नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा पर्ने जग्गा अधिग्रहणमा पर्नेछन्। ती जग्गाहरु आजैदेखि रोक्का भएका छन्।

सार्वजनिक विवरणमा जग्गा, घरटहरासहित रुखविरुवा समेतको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ। साथै जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिने सूचनामा उल्लेख छ। 

images

तोकिएको म्याद भित्र निवेदन नदिइ म्याद गुजारेमा कानून बमोजिम हुने सूचनामा उल्लेख छ। अमेरिकी अनुदान आयोजना अन्तर्गतको एमसीसी सम्झौतामा नेपालले २०७४ सालमा हस्ताक्षर गरेको थियो। 

एमसीसीअन्तर्गत ३ सय १५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन, तीनवटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नति हुनेछ। त्यसका लागि जग्गा प्राप्ति, रूख कटान तथा निर्माण क्षेत्रमा पहुँचका व्यवस्थाहरू सम्बन्धी काम भइरहेका छन्। 

२०२३ को अगस्टमा एमसीसीका निर्माण काम सुरु गरेर पाँच वर्ष (सन् २०२८ को अगस्ट महिना) भित्र ती सबै सम्पन्न गर्ने लक्ष्य छ।


प्रकाशित : बुधबार, साउन ३१ २०८००५:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend