आइतबार, असोज ६ गते २०८१    
images
images

ट्रान्समिटर पड्किँदा १६ दिनदेखि अन्धकारमा जगतपुर

images
बुधबार, साउन ३१ २०८०
images
images
ट्रान्समिटर पड्किँदा १६ दिनदेखि अन्धकारमा जगतपुर

बिजुली नहुँदा दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन्। सबैभन्दा बढी समस्या बालबालिका र वृद्धवृद्धालाई भएको छ।

images
images

टीकापुर- कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ। वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ। अर्कोतिर बिजुली समेत नहुँदा समस्या भएको छ। 

images
images
images

कैलालीको जानकी गाउँपालिका-६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन। यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन्। बिजुली नहुँदा दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन्।

बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए। 'राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन', उनले भने, '१६ दिन बित्दा पनि बत्ती आउने कुनै टुंगो छैन ।'

बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृद्धवृद्धालाई भएको छ। 'मेरा साना दुई बच्चा छन्। रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्', स्थानीय समिरा चौधरीले भनिन्, 'गर्मीले घरमा बस्न सक्ने अवस्था छैन।'

images

जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दै आएका थिए। स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ।

लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरु उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन्।

लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेसिनरी सामानसमेत बिग्रन थालेका छन्। ट्रान्समिटर पड्किँदा तीन लाख ५० हजार रूपैयाँ मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए।

'हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन', उनले भने, 'गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ।' रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend