काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख रूपैयाँ अवैध रकम फेला परेपछि उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन्।
'अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाइने छ' उनले भने।