काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो।
निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।
नयाँ तोकिएको मूल्य आज राति १२ बजेपछि लागु हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। भारतबाट इन्धनको मूल्य बढेर आएकाले बढाइएको निगमले जनाएको छ।
अब पेट्राेल प्रतिलिटर १७८ रूपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १६७ रूपैयाँ भएकाे छ। अन्य इन्धनकाे मूल्य भने यथावत नै रहेकाे निगमले जनाएकाे छ।