आइतबार, असोज ६ गते २०८१    
images
images

फेरिए चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ

images
मंगलबार, साउन ३० २०८०
images
images
फेरिए चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ

सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवनमा पठाइएको छ भने चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट सरुवा गरिएको छ।

images
images

काठमाडौं- चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ।

images
images
images

गृह मन्त्रालयले मंगलबार यी चार जिल्लाका प्रजिअको सरुवा गरेको हो। मन्त्रालयले चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट सरुवा गरेको छ भने नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरी पठाइएको छ।

यस्तै सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवनमा पठाइएको छ।

धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ भने उक्त विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई भने धनुषाको प्रजिअ बनाइएको छ।

images


प्रकाशित : मंगलबार, साउन ३० २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend