आइतबार, असोज ६ गते २०८१    
images
images

चितवनमा घट्यो दूध उत्पादन 

images
मंगलबार, साउन ३० २०८०
images
images
चितवनमा घट्यो दूध उत्पादन 

लम्पी स्किन रोगका कारण दूध उत्पादनमा कमी आएको किसान तथा व्यवसायीको भनाइ छ।

images
images

चितवन- जिल्लामा दूध उत्पादन घटेको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए।

images
images
images

उनका अनुसार अघिल्लो आवमा ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ। उनका अनुसार अघिल्लो आवमा दैनिक सरदर तीन लाख पाँच हजार पाँच सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक दुई लाख ६८ हजार आठ सय ८४ लिटर दूध उत्पादन भएको छ।

उनका अनुसार विसं २०७७ बाट सुरु भएको लम्पी स्किन रोगको संक्रमणले बिस्तारै दूध उत्पादनमा कमी आएको हो। रोग संक्रमण भएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उनले बताए।

'लम्पी स्किनका कारण दूध उत्पादनमा कमी आएको छ', उनले भने, 'बजारमा दूधको माग पनि घटेको छ।' दूध उत्पादन बढाउनका लागि जिल्लामा लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। लम्पी स्किन रोग नियन्त्रणमा आएपछि बिस्तारै दूध उत्पादनमा वृद्धि हुने उनको विश्वास छ। उनले भने, 'जाडो मौसम सुरु भएसँगै रोगको संक्रमण कम हुने र दूध उत्पादनमा वृद्धि हुने अनुमान गरेका छौँ।'

images

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दैनिक दूध उत्पादनमा गिरावट आएको बताए। उनले भने, 'रोग लागेपछि दूध उत्पादन घट्ने र गाईभैँसी मर्ने हुँदा दूध उत्पादनमा कमी आएको छ।' 

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसीपालन गरिएको छ। कार्यालयका अनुसार जिल्लामा हालसम्म ११ हजार चार सय ७० पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ। यो रोगका कारण हालसम्म जिल्लामा दुई सय ९५ गाई मरेका छन्।

संक्रमण बढ्दै गएका कारण प्रभावित क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने काम भइरहेको डा आचार्यले बताए। हालसम्म २० हजार नौ सय १२ डोज खोप पशुमा लगाइएको छ।

अहिले प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोप अभियानसमेत साताव्यापी रुपमा सञ्चालन गरिरहेको बताउँदै उनले संक्रमणमा केही कमी आउने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend