आइतबार, असोज ६ गते २०८१    
images
images

मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता

images
मंगलबार, साउन ३० २०८०
images
images
मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता
फाइल तस्बिर

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको समयमा चितवनमा ६० उजुरी परेका थिए। ती उजुरीमध्ये ३२ पीडकले आफ्नो ब्यहोरा खुलाएर निवेदनसमेत दिएका छन्।

images
images

चितवन- चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन्। रत्ननगर नगरपालिका-१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन्।

images
images
images

पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सुनिल लम्सालले जानकारी दिए।

रत्ननगर नगरपालिका-९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गरेका हुन्। अनुचित लेनदेनका कारण आफूले जग्गा दिनु परेको र सो जग्गा फिर्ता गरी पाऊँ भनी परेको उजुरीमा छलफलका क्रममा दुवै पक्षबीच सहमति भई जग्गा फिर्ता गरिएको उनले बताए। विसं २०६९ मा राजीनामा गरेको जग्गा फिर्ता गराइएको लम्सालले बताए।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको समयमा चितवनमा ६० उजुरी परेका थिए। ती उजुरीमध्ये ३२ पीडकले आफ्नो ब्यहोरा खुलाएर निवेदनसमेत दिएको उनले जानकारी दिए। पीडितका तर्फबाट परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका नायब सुब्बा लम्सालले बताए। पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको थियो। अधिकांशले जग्गा फिर्ता गरिपाऊँ भनी निवेदन दिएका छन्।

images

नायब सुब्बा लम्सालका अनुसार परेका उजुरीमध्ये ५५ माथि छलफल गरिएको छ। 'सात उजुरीमा सहमति जुटेको छ। अन्यबारे दोस्रो र तेस्रो चरणमा छलफल भइरहेको छ', उनले भने।

अन्य पाँच जनाको निवेदनका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ। यसअघि गृह मन्त्रालयले २०७९ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो। सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए। हालसम्म एउटा निवेदनको छलफलबाट टुंगो लागेको छ। अन्य २४ उजुरीबारे आवश्यक कारबाही अघि बढाइएको छ। रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८०१०:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend