आइतबार, असोज ६ गते २०८१    
images
images

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

images
मंगलबार, साउन ३० २०८०
images
images
फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

पालिकाको वडा नं ८ स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुबाउँदा पदमार्ग अवरुद्ध भएको हो।

images
images

जाजरकोट- अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ। पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायत क्षेत्रका स्थानीय समस्यमा परेका छन्।

images
images
images

पालिकाको वडा नं ८ स्थित लामा तरा क्षेत्रमा रहेको तटबन्ध नदीले डुबाउँदा पदमार्ग अवरुद्ध भएको हो। यही बाटो भएर सुलिगाड हुँदै फोक्सुण्डोसम्म जाने गरिन्छ। 

नदीमा पानीको बहाब बढेसँगै कहाँ क्षति भएको छ जाँचबुझ गरेर व्यवस्थापनतिर लाग्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए। नदी तथा बाढीपहिरोले कुनकुन ठाउँमा पैदलमार्ग क्षति पु‍र्‍याएको छ। उक्त स्थानमा तत्काल वैकल्पिकमार्गका लागि निकुञ्जले पहल गर्ने पनि अधिकृत भण्डारीले बताए। रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८००९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend