सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

दोदा नदीले जग्गा कटानी गर्दा बस्ती जोखिममा

images
मंगलबार, साउन ३० २०८०
images
दोदा नदीले जग्गा कटानी गर्दा बस्ती जोखिममा

दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए।

images
images

कञ्चनपुर- लालझाडी गाउँपालिका-३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ। नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन्। दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए।

images
images
images

'विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको छ', उनले भने, 'नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको छ ।' उनका अनुसार हालसम्म सार्वजनिक र निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको छ।

images
images

नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए। घाँस रोपेपछि नदीको कटान रोकिँदै आएको थियो। हाल नदीले घाँस रोपेको क्षेत्रमा पनि कटान गरी क्षति पुर्‍याएको वडाध्यक्ष चौधरीले बताए।

images
images

विसं २०७१ मा बनाइएको तटबन्ध नजिकै नदीले जग्गा कटानी गरिरहेको छ। तत्काल रोकथामको प्रयास नगरिए तटबन्ध भत्किने खतरा रहेको स्थानीयवासी तारा केसीले बताइन्। रोकथामको प्रयास नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापन हुने सम्भावना बढेर गएको उनले उल्लेख गरिन्।

चुरे क्षेत्रमा वर्षा हुँदा नदी तटीय क्षेत्रका बासिन्दाले अनिदोमै रात काट्ने गरेको स्थानीयवासी टीकादत्त पन्तले बताए। भरपर्दो तटबन्धको माग गर्दै आए पनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको उनको भनाइ थियो। विसं २०६५ मा जग्गा कटान भइरहेको क्षेत्रबाटै नदी बस्तीमा पस्दा दर्जनौँ परिवार विस्थापन भएका थिए। बाढीबाट जग्गा कटान भइ बेघर भएका व्यक्तिहरु अझै पनि नजिकैका सामुदायिक वन छेउ झोपडी बनाएर बस्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८००९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend