आइतबार, मंसिर ९ गते २०८१    
images
images

सेयर बजार पुन: ओरालोतिर, ३१ अंकले घटेको बजारमा २ अर्ब १५ करोडको मात्र कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन ३० २०८०
images
images
सेयर बजार पुन: ओरालोतिर, ३१ अंकले घटेको बजारमा २ अर्ब १५ करोडको मात्र कारोबार
images
images

काठमाडौं- आइतबार १४.८१ अंकले बढेर सोमबार ३.६१ अंकले घटेको सेयर बजारमा मंगलबार पुन: दोहोरो अंकको गिरावट देखिएको छ। निरन्तर उतारचढावमा रहेको बजारमा सामान्य वृद्धितर्फ नजाँदै पुन: ओरालोतिर लागेको हो। 

images
images
images

गएको सातभर नै निरन्तर उतारचढावमा देखिएर अन्तिम दुई कारोबार वृद्धितर्फ लागेको सेयर बजारमा यो साता आइतबारको वृद्धिले सुखद सुरुवात देखिए पनि सोमबार र मंगलबार बजार राताम्य बन्यो। 

images

मंगलबार ३१.८० अंकले घटेर बजार २०४५.४४ बिन्दुमा झरेको छ। २० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब १५ करोड ७३ लाख रूपैयाँको कारोबार भएको छ। २०१ कम्पनीको सेयर मूल्य घटेको बजारमा ४ कम्पनीको मूल्यमा भने परिवर्तन भएको छैन। 

images

बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा नै छन्। बजारमा लगानीकर्ताले स्थायी सुधारको आधार नभटेकाले निरन्तर वृद्धितर्फ जान नसकेको विश्लेषकहरू बताउँछन्। केही कारोबार निरन्तर घट्ने र एक दिन उचाइतर्फ लाग्ने गर्दै बजार उतारचढावको अवस्थामा नै रहिरहेको देखिन्छ। 


प्रकाशित : मंगलबार, साउन ३० २०८००९:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend