आइतबार, असोज ६ गते २०८१    
images
images

सिरहा-सप्तरी सडकखण्ड : पुल निर्माण अलपत्र छाड्दा यात्रामा कठिनाइ

images
मंगलबार, साउन ३० २०८०
images
images
सिरहा-सप्तरी सडकखण्ड : पुल निर्माण अलपत्र छाड्दा यात्रामा कठिनाइ

हुलाकी सडकस्थित सिरहा खण्डको बलान नदीदेखि- कमला पुलसम्म २९ दशमलव ८८ किलोमिटर सडक कालोपत्र भइसके पनि गान खोलमा समयमा पुल नबन्दा सडकमा गाडी गुड्न सकेका छैन।

images
images

सिराहा- राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्र भएको सिरहा-सप्तरी सडकखण्डमै निर्माण सामग्री अलपत्र हुँदा सहजरुपमा सवारी साधन गुड्न नसकेर यात्रा जोखिमपूर्ण हुँदै आएको छ। पूर्व-पश्चिम हुलाकी राजमार्गको सिरहा र सप्तरी खण्डमा अधिकांश पुल निर्माण अलपत्र अवस्थामा रहेकाले यात्रुहरुले जोखिम मोल्दै यात्रा गर्न बाध्य भएका हुन्।

images
images
images

निर्माण गर्ने ठेक्का पाएका कम्पनी/व्यवसायीको ढिलासुस्तीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहुँदा यात्रामा समेत समस्या भएको हो। सिरहाको औरही गाउँपालिका-५ स्थित गागन खोलामा पुल तीन वर्षभित्र निर्माणसक्ने भनी विसं २०७६ मै सम्झौता गरिएकामा पुल निर्माणको समयावधि सकिसक्दा तीन वर्षमा भौतिक प्रगति ७० प्रतिशतमात्र काम हुन नसकेको जनकपुधामस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचनकुमार भण्डारीले बताए।

उनले निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिएको जानकारी दिए। पुलको पूर्व भगवानपुर-पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिएको छ तर गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाका एक दर्जनभन्दा बढी गाउँवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। हिराचन रोशन कन्स्ट्रक्सन प्रालिमार्फत रोशन कन्स्ट्रक्सनले सो खोलाको पुल निर्माणको काम गर्दै आएको छ।

हुलाकी सडकस्थित सिरहा खण्डको बलान नदीदेखि- कमला पुलसम्म २९ दशमलव ८८ किलोमिटर सडक कालोपत्र भइसके पनि गान खोलमा समयमा पुल नबन्दा सडकमा गाडी गुड्न सकेका छैन। भगवानपुरबाट सिरहाका लागि जाने सार्वजनिक बसलाई लहान हुँदै जानुपर्ने बाध्यता छ।

images

यसैगरी सप्तरी खण्डमा अर्को निर्माण कम्पनीले पुल निर्माणको कार्य अन्तिम चरणमा आएर अलपत्र अवस्थामा छाडेको छ। कञ्चनपुरदेखि बलान नदीसम्म ३२ किलोमिटरमध्ये राजविराजदेखि पश्चिम बलान नदीसम्मको २५ किलोमिटर सडक कालोपत्र भएर तयार भए पनि पुल निर्माण जिम्मा पाएका कम्पनीले समयमा पुलको काम सम्पन्न नगर्दा र पुल नजिक दुवैतिर सय/सय मिटरको भागमा ग्राभेल ओछ्याइएको छैन। सोही कारण वर्षा भएपछि सडक हिलाम्मे हुने गरेको छ भने हिउँदमा धुलाम्यै हुने गरेको छ। ठेकेदार कम्पनीको लापरबाहीले सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन्। अहिले पश्चिम सप्तरीको भारतीय बजार लौकहासँग जोडिएको बेल्ही गाउँबाट दैनिक तीनवटा सार्वजनिक बस राजविराजका लागि चले पनि ठाउँठाउँमा पुल नजिक हिलाम्यै सडकमा गाडी अड्किएर समस्या हुने गरेको छ।

अहिलेसम्म पुल निर्माण कार्यले पूर्णता नपाएकाले सदरमुकाम राजविराज पुग्न निकै सास्ती भइरहेको सप्तरीको बलान बिहुल गाउँपालिका-४ रामशंकर भण्डारीले बताए। समयमा पुल निर्माण नहुनुमा निर्माण कम्पनीसँगै हुलाकी सडक योजना कार्यान्वय कार्यालयको पनि उदासीनता मुख्य रहेको उनको आरोप छ।

बोदे बर्साइन नगरपालिका-५ का ब्रजेशकुमार यादवले भने सडक कालोपत्र हुनाका साथै हुलाकी सडक तयार भए पनि सडकको पुलनिर सामान्य समस्या अड्काएर सडकको हुर्मत राष्ट्रसेवक कर्मचारीले लिइरहेको आरोप लगाए।

इटहरीस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सब-इन्जिनियर अमोदकुमार भगतका अनुसार राजविराज पश्चिम पर्ने मुतनी, पम्प केनाल, कजरा दहलगायत पुलको ठेका म्याद सकिसकेको र निर्माण कम्पनीले म्याद थपाउन कार्यालयमा धाइरहेको छ।

कार्यालय र निर्माण कम्पनी प्रतिनिधिबीच भएको बैठकमा आउँदो बडादसैँभित्र पूर्णरुपले पुल र पुल नजिक सडक कालोपत्र हुने सहमति भएको उक्त कार्यालयका सूचना अधिकारी प्रमोद खतिवडाले बताए। बोदे बर्साइन नगरपालिका-३ कुसमहारचौक र ६ का प्रितमपर कटहा नदीको पुलमा पनि कालोपत्र हुन सकेका छैन। रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८००८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend