आइतबार, असोज ६ गते २०८१    
images
images

पर्वतमा उद्योग तथा व्यवसाय खारेज हुनेक्रम बढ्यो, नयाँ दर्ता पनि घट्यो

images
मंगलबार, साउन ३० २०८०
images
images
पर्वतमा उद्योग तथा व्यवसाय खारेज हुनेक्रम बढ्यो, नयाँ दर्ता पनि घट्यो

अघिल्लो आवमा पाँच सय ४१ उद्योग तथा व्यवसाय दर्ता भएकोमा गत आवमा दुई सय ७४ वटा मात्रै उद्योग दर्ता भएका छन्।

images
images

पर्वत- पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढेको छ। पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९२ वटा उद्योग तथा व्यवसाय खारेज भएका छन्। जबकी अघिल्लो आवमा ११ वटा उद्योग र ६० व्यवसाय गरी ७१ वटा खारेज भएका थिए।

images
images
images

कार्यालयका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा दर्ता हुने उद्योग व्यवसायको संख्या पनि घटेको छ। अघिल्लो आवमा पाँच सय ४१ उद्योग तथा व्यवसाय दर्ता भएकोमा गत आवमा दुई सय ७४ वटा मात्रै उद्योग दर्ता भएका छन्।

कार्यालयले गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट २७ लाख ५० हजार दुई सय ८७ रूपैयाँ राजस्व संकलन गरेको छ। जिल्लामा हाल सात हजार ९७ वटा उद्योग तथा वाणिज्य फार्म दर्ता छन्। तीमध्ये गत आवमा एक हजार एक सय ४१ नवीकरण भएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिइन्। रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend