आइतबार, असोज ६ गते २०८१    
images
images

अर्थमन्त्रीको प्रश्न : उत्पादन बढाउन संरक्षण दिँदा पनि विरोध, के सधैँ आयातमात्र गर्ने हो?

images
मंगलबार, साउन ३० २०८०
images
images
अर्थमन्त्रीको प्रश्न : उत्पादन बढाउन संरक्षण दिँदा पनि विरोध, के सधैँ आयातमात्र गर्ने हो?

अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउनका लागि सबैले सकारात्मक कुराको सञ्चार गर्नुपर्ने उनको भनाइ छ। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन्। आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताएका हुन्। 

images
images
images

आन्तरिक राजस्व विभागको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महतले सरकारले आन्तरिक राजस्वको आधार बलियो बनाउनका लागि उत्पादन बढाउने कार्यक्रम ल्याएको बताएका छन्। 

उत्पादन बढाउनका लागि सरकारले संरक्षण सुनिश्चिता गरेको तर यसमा पनि निजी क्षेत्रबाट विरोध भएकोमा उनले आश्चर्य व्यक्त गरेका छन्। ‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो? के सधैँ आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो?’ उनले प्रश्न गरे। 

आन्तरिक उत्पादन बढाउनका लागि संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे। कृषि वस्तुमा लगाइएको भ्याटको बचाउ गर्दै उनले यस्तो भनेका हुन्। 

images

चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास रहेको छ। गत वर्ष विविध कारणले लक्ष्य पूरा नभएपनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनको भनाइ छ। 

अर्थतन्त्र अहिले पनि ऋणात्मक नभएको र केही सुस्तमात्र भएको तर अब बैंकमा पर्याप्त तरलता रहेको, विस्तारै ब्याजदर पनि घटेकाले माग सिर्जना भएर गितिविधि बढ्ने उनको विश्वास छ। 

अर्थतन्त्रको रफ्तर सुस्त भएकाले यसलाई तीव्र बनाउनका लागि सबैले सकारात्मक कुराको सञ्चार गर्नुपर्ने उनको भनाइ छ। 

‘पैसा बजारमा जति पनि छ तर सबै मिलेर खत्तम भयो भन्ने सन्देश दिएपछि मान्छे खर्च गर्न र ऋण लिन डराइरहेको छ। त्यसैले निजी क्षेत्र यसमा सकारात्मक हुनुपर्छ’ उनले भने। 


प्रकाशित : मंगलबार, साउन ३० २०८००६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend