आइतबार, असोज ६ गते २०८१    
images
images

चार दिनपछि सञ्चालनमा आयो मनाङ जाने सडक 

images
मंगलबार, साउन ३० २०८०
images
images
चार दिनपछि सञ्चालनमा आयो मनाङ जाने सडक 

केही दिनयताको अविरल वर्षाका कारण डुम्रे-बेँसीसहर-चामे सडक भासिँदा आवतजावत ठप्प भएको थियो।

images
images

मनाङ- हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ। सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे-बेँसीसहर-चामे सडक सञ्चालनमा आएको हो। यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक (गाइड), कर्मचारी बीचबाटोमै अलपत्रमा परेका थिए।

images
images
images

सो सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरेस्थित सडक भासिएको थियो। सडक खुलेसँगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ आएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिए। उनका अनुसार मौसमले धेरै प्रभाव पार्ने मनाङमा मनसुनको यात्रा सकस हुन्छ। यसले गर्दा सावधानी अपनाउनुपर्ने भए पनि अत्यावश्यक कामले हिँड्न बाध्य हुनुपर्ने उनको भनाइ छ। जिल्लाको स्वास्थ्यसँग जोडिएको व्यक्तिले यहाँका स्थानीय तथा पर्यटकलाई औषधिलगायतका सेवा प्रवाहलाई मध्यनजर गर्नुपर्ने उनले बताए।
 
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४-१५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिए। उनले भने, 'आन्तरिकजस्ता हुँदैनन्, विदेशी पर्यटक जोखिमलाई आत्मसाथ गर्ने भएकाले पहिराको जोखिम पार गर्दै पर्यटक आउने क्रम जारी रहेको छ।' अब सिजन पनि सुरु हुने अवस्था भएकाले यहाँ पर्यटक आउन थालेको उनले बताए।

डुम्रे-बेँसीसहर-चामे सडक आयोजना कार्यालयका सब-इन्जिनियर सुमन अधिकारीले काम गर्न सहज हुनासाथ अवरुद्ध सडक खुलाइएको बताए। उनले भने, 'यस सडकमार्फत यात्रा त अझै पनि जोखिम छ, तर हालका लागि सडक सञ्चालनमा ल्याएका छौँ।' रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८००५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend