आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशत बढ्यो

मंगलबार, साउन ३० २०८०
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशत बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रूपैयाँ छ।

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशतले बढेको छ। कम्पनीको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २० करोड  ११ लाख रूपैयाँ खुद नाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १२ लाख रूपैयाँ खुद नाफा गरेको थियो। 

कम्पनीको जीवन बीमा कोष ५६ दशमलव ०७ प्रतिशतले बढेको छ। जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रूपैयाँ जम्मा भएको छ। अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ३ करोड रूपैयाँ थियो।

यस्तै जगेडा कोष २१ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ।

समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले सुधार भएको छ। असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ५ अर्ब ३५ करोड रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म खुद बीमा शुल्क आर्जन ५ अर्ब १ करोड थियो।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रूपैयाँको खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो।

सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रूपैयाँ छ।


प्रकाशित : मंगलबार, साउन ३० २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend