मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशत बढ्यो

images
मंगलबार, साउन ३० २०८०
images
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशत बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रूपैयाँ छ।

images
images

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ६५.८८ प्रतिशतले बढेको छ। कम्पनीको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २० करोड  ११ लाख रूपैयाँ खुद नाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १२ लाख रूपैयाँ खुद नाफा गरेको थियो। 

images
images
images

कम्पनीको जीवन बीमा कोष ५६ दशमलव ०७ प्रतिशतले बढेको छ। जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रूपैयाँ जम्मा भएको छ। अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ३ करोड रूपैयाँ थियो।

images
images

यस्तै जगेडा कोष २१ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ।

images
images

समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले सुधार भएको छ। असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ५ अर्ब ३५ करोड रूपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म खुद बीमा शुल्क आर्जन ५ अर्ब १ करोड थियो।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रूपैयाँको खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो।

सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रूपैयाँ छ।


प्रकाशित : मंगलबार, साउन ३० २०८००५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend