शनिबार, माघ १२ गते २०८१    
शनिबार, माघ १२ २०८१
images
images

बाढीले झोलुंगे पुलमा क्षति पुर्‍याउँदा स्थानीयलाई समस्या

images
मंगलबार, साउन ३० २०८०
images
images
बाढीले झोलुंगे पुलमा क्षति पुर्‍याउँदा स्थानीयलाई समस्या

पुलमा क्षति पुगेपछि विद्यार्थी र किसानलाई समस्या भएको छ। वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक चार घण्टाभन्दा बढी समय पैदल हिँड्नुपर्छ।

images
images

मलेखु- त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुंगे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थी समस्यामा परेका छन्। किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्‍याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन्।

images
images
images

गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुंगे पुलबाट आउजाउ रोकिँदा मुख्य सडकसम्म पुर्‍याउन पाएका छैनन्। ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं चितवनलगायतका क्षेत्रमा पठाएर बिक्री गरिँदै आएको छ। यस पुलबाट तरकारी लिएर बजार किनमेलमा आउने ९४ घरधुरी किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले जानकारी दिइन्। पुलमा ओहोरदोहोर गर्न नसक्दा गण्डकी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका बासिन्दालाई समस्या भएको छ ।

images

बाढीले पुलमा क्षति पुगेपछि दैनिकरूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थी पनि विद्यालय जानआउन समस्या भएको छ। पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शङ्खादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन्। गोरखाबाट धादिङको बेनीघाटस्थित शङ्खादेवी माविमा मात्रै २२ विद्यार्थी रहेको शिक्षक तिलक चेपाङले बताए।  उनीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक चार घण्टाभन्दा बढी समय पैदल हिँड्नुपर्छ।

images
images
images

लगातार वर्षापछि त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ चरौँदी र गोरखाको गण्डकी गाउँपालिका-७ जोड्ने त्रिशूली नदीमाथिको झोलुंगे पुल क्षति भएको छ। यस्तै धादिङको बेनीघाट रोराङ-१० र गोरखाको गण्डकी-६ जोड्ने हिक्लुङघाटको झोलुंगे पुलमा पनि क्षति पुर्‍याएको छ।

दुवै पुलका केही डन्डी भाँचिएको छ भने लठ्ठा झोल्लिएको छ। बाढीले बगाएर ल्याएका काठ दाउरा पुलमा अड्किएको छ। अहिले पुलबाट आवतजावत गर्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन्। बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुंगे पुलको ट्रस्ट नै बगाएको छ। धवादीघाटमाथिको झोलुंगे पुलको भने बाढीले लठ्ठा छिनेको छ। रासस


प्रकाशित : मंगलबार, साउन ३० २०८००५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend