आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

हिमालयन डिष्टिलरीको अधिकांश सूचक ओरालोतर्फ, बिक्री आम्दानी सवा २ अर्बले घट्यो

मंगलबार, साउन ३० २०८०
हिमालयन डिष्टिलरीको अधिकांश सूचक ओरालोतर्फ, बिक्री आम्दानी सवा २ अर्बले घट्यो

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडको नाफा घटेको छ। एक समय दोस्रो बजारको हटकेक बनेको कम्पनीको नाफा आरोलो लागेको हो। बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३७.५४ प्रतिशत घटेर ६६ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्बभन्दा बढी खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.४३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ४४ पैसा घटेर २७ रुपेयाँ १७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।

२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ३०.३८ प्रतिशत घटेको हो।


प्रकाशित : मंगलबार, साउन ३० २०८००५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend