आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सिटि होटलको आम्दानी ५० करोड पुग्दा नाफा भने ऋणात्मक

मंगलबार, साउन ३० २०८०
सिटि होटलको आम्दानी ५० करोड पुग्दा नाफा भने ऋणात्मक

काठमाडौं- साधारण सेयर (आईपीओ) जारी गरेको सिटि होटल लिमिटेडको आम्दानी ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको सञ्चालन आम्दानी बढेपनि खुद नाफा ऋणात्मक रहेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने बढेको पनि छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्चालन मार्फत ४७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५०.१३ प्रतिशत बढी हो त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १६१.५७ प्रतिशत बढेर ५० करोड ९३ लाख रुपैयाँ पुगेको छ।

आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

आम्दानी बढेपनि कम्पनीको कुल खर्च र वित्तीय खर्च उल्लेख्य बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १६४.४६ प्रतिशत बढेको छ भने वित्तीय खर्च ६४१.४६ प्रतिशत बढेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, साउन ३० २०८००४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend