आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

शिखर इन्स्योरेन्सको नाफा २५ प्रतिशतले बढ्यो

मंगलबार, साउन ३० २०८०
शिखर इन्स्योरेन्सको नाफा २५ प्रतिशतले बढ्यो

काठमाडौं- शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २५ प्रतिशत बढेर १ अर्ब ५९ करोड २० लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्समा कुल २९ हजार २३५ जनाबाट कुल २ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको दाबी परेको छ। जसमध्ये कम्पनीले हालसम्ममा १२ हजार २८ जनाको १ अर्ब ८८ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १५ पैसा बढेर १५ रुपैयाँ १९ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।


प्रकाशित : मंगलबार, साउन ३० २०८००४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend