आइतबार, असोज ६ गते २०८१    
images
images

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आकासियो तरकारीको भाउ

images
सोमबार, साउन २९ २०८०
images
images
भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आकासियो तरकारीको भाउ

पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराईमा तरकारीको मूल्य आकासिएको छ। तरकारी बोकेर आएका सवारी साधन पहिरोका कारण बाटैमा रोकिएका छन्। गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन्।

images
images

कञ्चनपुर- सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ। अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो।

images
images
images

एक सातादेखि सडक अवरुद्ध भएसँगै सुदूर पहाड उक्लिने र तराई झर्ने यात्रुलाई सास्ती हुनाका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट नियमितरुपमा तरकारी ढुवानी हुन सकेको छैन।

पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराईमा तरकारीको मूल्य आकासिएको छ। तरकारी बोकेर आएका सवारी साधन पहिरोका कारण बाटैमा रोकिएका छन्। गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन्। हाल व्यवसायीले भाडामा भारी बोकाएर तरकारी ओसारिरहेका छन्।

यसरी पहाडी जिल्लाबाट आउने आलु, बन्दा, काउली, बोडी र टमाटरलगायतको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन्। 'आलु ल्याउन सकिएको छैन, ल्याएपछि भाडाले मूल्य दोबर भएको छ', महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी विश्रामसिंह धामीले भने, 'एक हप्तामा आलुको मूल्य दोबर भएको छ।'

images

पहाडी जिल्लाबाट आउने आलु पाउनै मुस्किल हुन थालेको उनको भनाइ छ। '४० किलोग्रामको आलुका बोरा महेन्द्रनगरमा एक हजार सात सय रूपैयाँमा पुग्थ्यो, अहिले बोराको तीन हजार दुई सय रूपैयाँ हाराहारी पुगेको छ', उनले भने, 'अहिले आलु प्रतिकिलोग्राम ८० रूपैयाँसम्ममा बिक्री गर्ने गरेका छौँ।' बन्दा, काउली, बोडी, मुला र टमाटरको मूल्य अनपेक्षितरुपमा बढेको व्यवसायीको भनाइ छ।

एक साताअघिसम्म प्रतिकिलो ४० रूपैयाँमा बिक्री भइरहेको बन्दा अहिले ६० रूपैयाँमा किन्नुपरेको महेन्द्रनगरका उपभोक्ता घनश्याम पन्तले बताए। 'केही दिनयता तरकारीको भाउ अनपेक्षित रुपमा बढेको छ', उनले भने, 'काउली प्रतिकिलो ५० रूपैयाँदेखि बढेर ७० रूपैयाँसम्म पुगेको छ।'

पहाडबाट आउने तरकारी आधा कुहिएको आउने गरेको महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी मानबहादुर पालले बताए। 'धेरै दिन लगाएर तरकारी यहाँ आइपुगेको छ, बोरामा तरकारी आधा त कुहिएको आउँछ', उनले भने, 'सडक बिग्रिएकाले पहाडबाट आउने तरकारी नियमित आइरहेको छैन, त्यसैले तुलनात्मक रुपमा भाउ बढेको छ।' रासस


प्रकाशित : सोमबार, साउन २९ २०८०१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend