आइतबार, असोज ६ गते २०८१    
images
images

बजेटका १८ प्रतिशत कार्यक्रममात्र कार्यान्वयन 

images
सोमबार, साउन २९ २०८०
images
images
बजेटका १८ प्रतिशत कार्यक्रममात्र कार्यान्वयन 

बजेटमा उल्लेखित आर्थिक क्षेत्रसँग सम्बन्धित बुँदाहरुमध्ये १८ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएका छन्। ४७ प्रतिशत आंशिक कार्यान्वयन भएका छन् भने ३५ प्रतिशत बुँदा कार्यान्वयन नै हुन सकेनन्। 

images
images

काठमाडौं- नेपाल सरकारको बजेट कार्यान्वयनको निराशाजनक श्रृंखलाले निरन्तरता पाएको छ। 

images
images
images

बजेटको अंकमात्र नभएर कार्यक्रमको कार्यान्वयन पनि निराशाजनक देखिएको हो। नेपाल उद्योग परिसंघले गरेको एक अध्ययनले बजेट कार्यक्रम कार्यान्वयनको अवस्था कमजोर देखाएको हो।

आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्बको बजेट ल्याएकोमा त्यसको जम्मा ७९ प्रतिशतमात्र खर्च भएको थियो।

अधिकांश विकाससँग सम्बन्धित मन्त्रालयहरुकै बजेट कार्यान्वयन निराशाजनक छ। गत वर्ष बजेटमा उल्लेखित आर्थिक क्षेत्रसँग सम्बन्धित कुल ६२ बुँदाको कार्यान्वयनलाई समीक्षा गर्दा अधिकांशको कार्यान्वयनमा शिथिलता देखिएको छ। बजेटमा उल्लेखित आर्थिक क्षेत्रसँग सम्बन्धित बुँदाहरुमध्ये १८ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएका छन्। ४७ प्रतिशत आंशिक कार्यान्वयन भएका छन् भने ३५ प्रतिशत बुँदा कार्यान्वयन नै हुन सकेनन्। 

images

आर्थिक ऐनसँग सम्बन्धित करका दरमा परिवर्तन, छुट सुविधाजस्ता विषय स्वभाविक रुपमा तत्कालै कार्यान्वयनमा गएका छन्। तर, नीतिगत परिवर्तन, कानूनी सुधार तथा संरचनागत परिवर्तनसँग सम्बन्धित बजेटमा उल्लेखित बुँदाहरुको कार्यान्वयनको प्रगति निराशाजनक देखिएको परिसंघको अध्ययनले देखाएको छ।


प्रकाशित : सोमबार, साउन २९ २०८०१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend