आइतबार, असोज ६ गते २०८१    
images
images

खुल्यो तीन दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर

images
सोमबार, साउन २९ २०८०
images
images
खुल्यो तीन दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर

तीन दिनदेखि सडक अवरुद्ध हुँदा करिडोरमा यातायातका साधनहरु ठप्प भएका थिए। सडक खुलेसँगै सवारीसाधन सञ्चालनमा आएका छन्।

images
images

ढोरपाटन- तीन दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। बिहीबार राति बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिडोर अवरुद्ध भएको थियो। शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन। 

images
images
images

आइतबार बिहानैदेखि बागलुङ नगरपालिकाको मेसिन प्रयोग गरी करिडोर खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। करिडोरसँगै बागलुङ-कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो।

पहिरोले सडक क्षतविक्षत बनाएकाले बागलुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो। सडक अवरुद्ध भएसँगै बलेवा, कुश्मिसेरा र बरेङ क्षेत्रका हजारौँ नागरिक प्रभावित भएको उनी बताउँछन्।

उपप्रमुख खड्काले भने, 'पहिरो हटाएर अहिले यातायात सञ्चालनमा आएको छ, यहाँको भू-भाग निकै कमजोर भएको हुँदा पानी पर्ने बित्तिकै फेरि अवरुद्ध हुन्छ, बर्खा लागेपछि दर्जनौँ पटक सडक अवरुद्ध भयो, नगरपालिकाले खुलायो, यो सडक राष्ट्रिय आयोजना हो, आयोजनाले काम गर्दैन, हामीसँग ‘समन्वय’ नै हुँदैन, सडक दिनदिनै अवरुद्ध हुन्छ, कसले खुलाउने हामीले नखुलाए, नागरिक मर्कामा पर्छन्।'

images

यसको दीर्घकालीन समाधान गर्न नसकिए समस्या दोहोरिरहने खड्काको भनाइ छ। तीन दिनदेखि सडक अवरुद्ध हुँदा करिडोरमा यातायातका साधनहरु ठप्प भएका थिए। सडक खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेका छन्। रासस


प्रकाशित : सोमबार, साउन २९ २०८०१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend