आइतबार, असोज ६ गते २०८१    
images
images

चालु आवको २२ दिनमा ६ अर्बको इन्भेष्टमेन्ट कम्पनीसहित २० उद्योग दर्ता, २० अर्बको लगानी प्रतिबद्धता

images
सोमबार, साउन २९ २०८०
images
images
चालु आवको २२ दिनमा ६ अर्बको इन्भेष्टमेन्ट कम्पनीसहित २० उद्योग दर्ता, २० अर्बको लगानी प्रतिबद्धता

सबैभन्दा बढी लगानी प्रतिबद्धता हाइड्रोपावर र दोस्रोमा इन्भेष्टमेन्ट कम्पनीमा आएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को २२ दिनमै २० वटा ‍नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार साउन १ गतेदेखि २२ गतेसम्म २० वटा उद्योग दर्ता भएका हुन्।

images
images
images

सबैभन्दा बढी लगानी प्रतिबद्धता हाइड्रोपावरमा रहेको छ। २२ दिनमा दर्ता भएका उद्योगमा २० अर्ब ५१ करोड ७५ लाख रूपैयाँको प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता सिम्बुवा रेमिट हाइड्रोपावरमा आएको छ।

यो हाइड्रोपावरमा मात्रै १३ अर्ब १९ करोड ९१ लाख रूपैयाँको लगानी प्रतिबद्धता आएको हो। यसमा शतप्रतिशत लगानी नेपाली रहेको छ। यो हाइड्रोपावरबाट ११७.४३ मेगावाट क्षमताको बिजुली उत्पादन हुनेछ।

यसैगरी दोस्रो धेरै लगानी प्रतिबद्धता इन्भेष्टमेन्ट कम्पनीमा आएको छ। मेडिसा इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडमार्फत ५ अर्ब ९५ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। ९ वटा आयोजनामा कम्पनीले लगानी गर्ने जनाएको छ।

images

सात वटा पर्यटनमुलक उद्योगमा ३२ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा बढी १० करोड रूपैयाँको लगानी प्रतिबद्धता वाई लि होटल एण्ड रेष्टुरेण्ट प्रालिको नाममा आएको छ।

यस्तै ३ वटा सूचना प्रविधिमुलक उद्योगमा ९ करोड र ३ वटा सेवामुलक उद्योगमा ६ अर्ब १५ करोड रूपैयाँको लगानी आएको छ। जसमा मेडिसा इन्भेष्टमेन्ट कम्पनी समेत रहेको छ।

विभागका अनुसार २८ करोड रूपैयाँ लगानी प्रतिबद्धताको एउटा उत्पादनमुलक उद्योग पनि दर्ता भएको छ।

कुन उद्योगमा कति लगानी?

1-22.jpg


प्रकाशित : सोमबार, साउन २९ २०८०१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend